राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले चार सय मिटर पुरुष दौडमा ३२ वर्ष पुरानो कीर्तिमान भंग गर्नुभएको छ । पोखरा रंगशालामा कुमालले मंगलबार आशाराम चौधरीको नाममा रहेको कीर्तिमान भंग गर्नुभएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्वर १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् ।
युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ ।
नवौँ राष्ट्रिय खेलकुदमा पौडी प्रतियोगितातर्फ मड्गलबार दुई राष्ट्रिय किर्तिमान कायम भएका छन् । पुरुष २ सय मिटर बटरफ्लाई हिट राउण्ड र ५० मिटर फ्रिस्टायलको हिट राउण्डमा कीर्तिमान कायम भएका हुन् ।
एथलेटिक्स महिला लङजम्पमा आर्मीकी जयरानी थारुले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । पोखरा रंगशालामा ५.५८ मिटर जयरानीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्नुभयो ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको छ ।
गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म चार सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कांंस्य पदकसहित कूल एक २८ पदक हात पारिसकेको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेशमा अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताको आयोजक हो, राष्ट्रिय खेलकुद परिषद (राखेप) । प्रतियोगितामा स्थानीय पालिका, जिल्ला हुँदै प्रदेशबाट खेलाडी छनोट भइ अहिले राष्ट्रिय खेलकुदमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।
धनगढी उपमहानगरपालिका–८ की ललिता सोब एकल महिला हुनुहुन्छ । बेरोजगार उहाँ एकल महिला भत्ताको भरमा जेनतेन गुजारा गर्दै आउनुभएको छ । एकल महिलाले क्षमतानुसारको रोजगारी पाउनुपर्ने माग राख्दै आउनुभएकी ललिताले उम्मेदवारले यस्ता सवाल सम्बोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कैयौँ निर्वाचनमा भोट खसालिसकेँ तर हामीजस्ता महिलाको समस्या दीर्घकालीन रूपमा समाधानका लागि पहल गर्ने जनप्रतिनिधि भेटिएका छैनन् । अब हुने निर्वाचनका उम्मेदवारले कम्तीमा पनि यस्ता सवाललाई समेट्नुपर्दछ ।”
तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ ।