प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल छिट्टै नै सम्पन्न राष्ट्र हुने सम्भावना रहेको बताउनुभएको छ।
जिल्लामा मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी सङ्कलन कार्य सुुरु भएको छ । स्थानीय गाउँवासीको निर्णयद्वारा सङ्कलन कार्य फुकुवा गरिएपछि यो काम सुुरु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिको प्रवर्द्धन गर्न आफू उम्मेदवार बनेको बताउनुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा जारी सफ्ट टेनिस डबल्सतर्फको दुई स्वर्ण विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बाँडेका छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन पवित्र भएको दाबी गर्नुभएको छ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँमा भएको महिला ३३ बास्केटबल प्रतियोगितामा नेपाली सेनाको टोली फाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई आम्दानी र रोजगारी दिनका लागि राजनीतिमा सक्रिय भएको बताउनु भएको छ । मङ्गलबार व्यास नगरपालिका–१० डिहीगाउँमा सो वडाको सत्तारुढ गठबन्धनको चुनावी सम्पर्क कार्यालयको मङ्गलबार उद्घाटन गर्नुहुँदै नेता पौडेल सो कुरा बताउनुभयो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई १–० गोल हरायो ।
सरकारले बुधबार र बिहीबार (कात्तिक २ र ३ गते) देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।
गण्डकी प्रदेशका भारतीय सेना अनिस थापामगरले मंगलबार पुरुष म्याराथनमा स्वर्ण पदक जित्नुभएको छ । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा ३३ वर्षीय अनिसले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्नुभयो ।
नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।
काठमाडौं, कात्तिक १ गते । बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा र डेनी डेन्जोङ्पा अभिनय देख्न सकिन्छ । फिल्ममा भारतदेखि नेपालको सगरमाथासम्मको यात्राको कथा समावेश गरिएको छ । फिल्म ‘उचाइ’ कात्तिक २५ गते रिलिज हुने भएको छ ।
नेपाल पुलिस क्लबकी जुनमाया छन्त्यालले भाराेत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उहाँले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गर्नुभएको हो ।
काठमाडौं, कात्तिक १ गते । हास्य टेलिश्रृखंला ‘अति भो’ ले १२० भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनालले जानकारी दिनुभएको हो । हास्य व्यङ्ग्यको माध्यमबाट सामाजिक कुरीतिहरूलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरु भएको यो टेलिसिरियलले कमेडीसँगै समाज सुधारका विषयमा कथावस्तु तयार गरिरहेको निर्देशक खनालले बताउनुभयो । सिरियलमा रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, धनराम मुस्कान, सुबु शाही, सुमन खनाल, सोभाखर खनाल, पेमा लामा लगायतका कलाकारले अभिनय रहेको छ। दिलीप विष्टको छायाङ्कन रहेको ‘अति भो’ मा रविन भट्ट र अशोक चौधरी को सम्पादन छ । लेखन सुरज खनाल र ओकेश पनेरुको रहेको छ ।दर्शकको मायाकै कारण आफूहरूमा छुट्टै उत्साह थपिएकोले सुझावको आधारमा नयाँ नयाँ विषयवस्तु पस्किने निर्देशक सुरज खनालले बताउनुभयो ।यो सिरियल हरेक आइतबार राति ८ः५० बजे नेपाल टेलिभिजन र ९ः३० मा मिडिया हब अफिसियल युट्युब च्यानलबाट प्रसारण हुँदै आएको छ ।