गोरखापत्र संस्थानले प्रदेश नं १ र मधेश प्रदेशका जिल्ला समाचारदाताहरुलाई लक्षित गरी निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशमूलक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ ।
वर्षाले अवरुद्व कर्णाली लोकमार्गको मान्म–नाग्म सडक अझै सञ्चालनमा आउन सकेको छैन । असोज १९ गतेदेखि सात दिनसम्म परेको पानीले कर्णाली लोकमार्गको उक्त खण्ड क्षतविक्षत बनाएको छ । सुर्खेत–कालीकोट खण्ड आंशिक सञ्चालन भए पनि कालीकोट सदरमुकाम मान्मदेखि नाग्मसम्मको ४५ किलोमिटर सडक खुलाउन सकस भइरहेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिनुभयो । उहाँले बल्लतल्ल सेरीघाटलगायतका ठाउँको पहिरो पन्छाएर सदरमुकाम मान्मसम्म सडक सञ्चालन गराएको बताउनुभयो ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै बैतडीका उम्मेदवारले हलिया पुनःस्थापनाको र हलियाको छुट लगत सङ्कलन गर्ने प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । हलिया मुक्तिपछि परिचयपत्र नपाएका छुट हलियाले ‘जता मालिक उतै भोट हाल्नुपर्ने’ बाध्यतासमेत कायमै रहेको हलियाको गुनासो छ । बैतडीको सुर्नया गाउँपालिका–६, रिगाका मुक्त हलिया प्रतापराम लोहारले हलिया मुक्तिको घोषणापछि राज्यबाट कुनै सुविधा नपाएका ४० परिवारले जता मालिक उतै भोट हाल्नुपर्ने बाध्यता रहको बताउनुभयो ।
घोराहीमा रहेको गुरुकुल एकेडेमीमा अध्ययनरत कक्षा ९ का छात्र श्रेष कुमाखी घोराही बजारमै जन्मिनुभयो, बजारमै हुर्किनुभयो। करिब १४ को उमेरसम्म उहाँलाई खाना कसरी पकाउने थाहा छैन। उहाँलाई न त आफ्ना कपडा धुने काम नै थाहा छ। विद्यालय तथा घरपरिवारसँग घुम्न जाँदासमेत नजिककै पार्क र धार्मिक मन्दिरबाहेक टाढा जाने मौका मिलेको छैन श्रेषलाई। सहर नजिकै गाउँ भए पनि विद्यार्थीहरू त्यहाँसम्म पुग्न सकेका छैनन्। यस्तो अवस्थाबाट विद्यार्थीलाई माथि उठाउन यहाँका विद्यालयहरूले व्यावहारिक ज्ञान सिकाउन थालेका छन्।
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पश्चिम नेपालमै अत्यधिक महत्त्व राख्ने बाँके जिल्लाका तीन वटै क्षेत्रमा हेवी वेट उम्मेदवार मैदानमा उत्रिएपछि निर्वाचन रोचक बन्दै गएको छ ।
कास्की जिल्ला निर्वाचन आयोगले आगामी निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरिदिएको छ। निर्वाचन आयोगका अनुसार कास्कीका प्रतिनिधि सभाका उम्मेदवारहरूले बढीमा ३१ लाख रुपियाँ खर्च गर्न पाउनेछन्। कास्की क्षेत्र नम्बर ३ का उम्मेदवारका लागि ३१ लाख रुपियाँको खर्च सीमा तोकिएको छ। कास्की क्षेत्र नम्बर २ का उम्मेदवारले भने २७ लाख रुपियाँ र कास्की–१ का उम्मेदवारले २९ लाख रुपियाँ खर्च गर्न पाउनेछन्।
व्यवसायीको मनोमानीका कारण बजारमा तरकारीको मूल्य आकाशिँदै गएको छ। महँगी नियन्त्रण गर्ने निकायको उदासीनताले सर्वसाधारण मारमा पर्न थालेका छन्। चाड, पर्वको मौसममा तरकारीको मूल्य आकाशिन थालेपछि सर्वसाधारण उपभोक्ता मारमा खेप्दै आइरहेका छन्। हरेक वर्ष पर्व त्योहारको समयमा तरकारी मूल्य आकाशिने गरेको छ।
लहान नगरपालिकाको ग्रामीण भेगका मल्लाह (सहनी) समुदाय छठपर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त देखिएकाले उम्मेदवारहरूले आफ्ना कुरा राख्ने समय पाएका छैनन्। ढकिया बनाएर राम्रो आम्दानी गर्ने सपना देखेका मल्लाह समुदायको व्यस्तताले आसन्न निर्वाचनका उम्मेदवारहरू गाउँमा पसे पनि उम्मेदवारका कुरा सुन्ने फुर्सद कसैलाई छैन। स्थानीयवासी अब छठपछि मात्रै चुनावको कुरा गर्ने र कसलाई मत हाल्ने भन्ने निर्णय लिने बताउँदै आएका छन्।
धनकुटा नगरपालिका वडा नं. ३, सिप्तेनका रेसबहादुर राईले यो वर्ष दस रोपनी १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ। अघिल्लो वर्ष त्यही १० रोपनीमा लगाएको फूलबाट एक लाख ५० हजार आम्दानी गर्नुभएको राईले यो वर्ष पनि त्यति नै आम्दानी गर्ने सोच राख्नुभएको थियो तर यो वर्ष भने फूल कम फुलेका कारण चिन्तित हुनुहुन्छ। तिहारअघि नै फुलाएर बेच्ने लक्ष्यसहित फूल खेती गर्नुभएका राई तिहारपछि फूल फुल्ने चिन्ताले सताएको छ। यतिबेला फूल फुल्न थाल्नुपर्ने हो तर भर्खर कोपिला बस्दैछ, कहिले फुल्छ अनि कहिले बेच्नु, तिहारपछि त पक्कै फूल बिक्दैन उहाँ भन्नुहुन्छ।
विराटनगर महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र लार्भा नष्ट अभियान सुरु गरेको छ। रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर लामखुट्टे र लार्भा नष्ट गर्न थालिएको हो। यस अगाडि महानगरले सरोकारवालालाई राखेर लामखुट्टे र लार्भा नष्ट गर्नेबारे अभिमुखीकरण गराएको थियो। महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा कसरी नष्ट गर्न सकिन्छ भन्ने जानकारी गराएपछि वडास्तरीय अभियान सुरु गरेको हो।
गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा अपेक्षितभन्दा बढी नै मत बदर भयो। आँकडामा उल्लेख गर्नुपर्दा दुई दशमलव चार प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत आंशिक बदर भएको थियो। यो आँकडाले मतदाता शिक्षा प्रभावकारी नभएको पनि स्पष्ट सन्देश दिएको छ। यस अवस्थामा परम्परागत मतदाता शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ। आसन्न मङ्सिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा बदर मतको आँकडा न्यून गर्ने चुनौती छ। त्यस चुनौतीको सामना गर्न परम्परागत मतदाता शिक्षा प्रणालीमा परिवर्तन गर्नु अति महत्त्वपूर्ण छ। यो कुरालाई राजनीतिक पार्टी, निर्वाचन आयोग र सम्बद्ध निकायले समयमै मनन गर्नु वाञ्छनीय थियो।
उत्तरी छिमेकी मुलुक जनवादी गणतन्त्र चीनमा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन बेइजिङमा सुरु भएको छ। महाधिवेशनले संसारको ध्यान तानेको छ। विश्व राजनीतिलाई दिशानिर्देश गर्न सक्ने आकलन गरिएको यो महाधिवेशनले कस्तो नीति र नेतृत्व चयन गर्ला प्रतीक्षाको विषय बनेको छ। उता, अर्को दक्षिणी छिमेकी भारतमा पनि प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेस महाधिवेशनले लामो अन्तरालपछि गान्धी परिवार बाहिरबाट अध्यक्ष
विश्व खाद्य दिवसको सन्दर्भमा विश्व खाद्य कार्यक्रमले चेतावनीयुक्त सन्देशमा भनेको छ – विश्वमा भोक (अकाल) को मार झेलिरहेका मानिसको सङ्ख्या रेकर्ड स्तरमा पुग्ने जोखिम देखापरिरहेको छ। विश्वव्यापी रूपमा खाद्य सङ्कटका कारणले ठूलो सङ्ख्यामा मानिसका लागि खाद्य असुरक्षाको अवस्था खराबभन्दा अझ खराब हुँदै गइरहेको छ। यो वास्तविकतालाई मध्यनजर राखेर यो यूएन एजेन्सीले गएको १५ अक्टोबरका दिन अर्थात् विश्व खाद्य दिवस १६ अक्टोबरको ठीक एक दिनअघि
अब्राहम लिङ्कनले भनेका छन्, “निर्वाचन नागरिकको अधिकार हो र त्यो सही उम्मेदवार चुन्ने बुद्धिमत्तापूर्ण अधिकार हो। आफ्नै अधिकार भए पनि गलत उम्मेदवार चुन्नु पाप हो।” स्वार्थका भरमा कुनै व्यक्तिविशेषलाई मात्र देवत्वकरण गर्ने परिपाटी नभई जसले बोलेअनुसार काम गरेर देखाउने खुबी राख्छ, प्रामाणिक छ उसैलाई चुन्नुपर्छ भन्ने सङ्केत हो।