पाँचदलीय गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्नुभएको छ । बजेटमा उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण, स्थिरता, रोजगारीमा वृद्धि, आर्थिक समृद्ध, गरिबी निवारण, वित्तीय अनुशासन, समाजवादउन्मुख अर्थतन्त्रको आधार निर्माण, सामाजिक रूपान्तरण जस्ता एकदमै सुन्दर उद्देश्य राखिएका छन् । यी उद्देश्य पूरा गर्न बजेटमा प्राथमिकता चयन गरिएको छ । जसमा कृषि क्षेत्रको रूपान्तरण, सर
गत महिना सम्पन्न स्थानीय तहको निर्वाचन परिणामले सत्ताधारी नेपाली काँग्रेसलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । पाँचदलीय गठबन्धनमा सामेल नकपा माओवादी केन्द्रको उपस्थितिलाई सन्तोषजनक मान्न सकिन्छ । पोखरा र हेटाँैडाजस्ता प्रमुख पालिकामा माधवकुमार नेपाल नेतृत्वको पार्टीले प्राप्त गरेको सफलतालाई पनि सराहनीय मान्नुपर्छ ।
भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार ।
काठमाडौं, जेठ २४ गते । काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ। आज राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको हो। नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा (एकीकृत समाजवादी) की मैयाँलक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ। दलित वा अल्पसङ्ख्यकतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा (माओवादी केन्द्र) का अनिता कार्की ढोली निर्वाचित हुनुभएको छ। निर्वाचन कार्यक्रमअन्तर्गत आज नै मतदान गरिएको थियो। गएको वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोलसहित १६० जना सबै सदस्यले मतदान गर्नुभएको थियो। प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकाले प्रमुख उपप्रमुखसहित मतदाताको सङ्ख्या १६० भएको हो। निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य सङ्ख्या ४२ भएको छ। यसमा प्रमुख र उपप्रमुख, ३२ जना वडाध्यक्ष र आठ जना कार्यपालिका सदस्य हुनुहुन्छ। निर्वाचनपछि मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले निर्वाचन परिणाम सार्वजनिक गर्नुभएको थियो। निर्वाचित जनप्रतिनिधिलाई भोलि दिउँसो १ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटप्रति आशंक एवम् कुनै दुविधामा नपर्न आग्रह गरेको छ।
नेपाल बैंकले साक्षरता पुस्तिका सार्वजनिक गरेको छ।
काठमाडौं, जेठ २४ गते। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी सेप्टेम्बर १६ देखि १८ सम्म अष्ट्रेलियाको सिड्नीमा हुन गइरहेको उक्त सम्मेलनमा विश्वभर कार्यरत नेपाली चिकित्सक सहभागी हुने बताइएको छ।एनआरएनएको विश्व स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले सम्मेलन विश्वका सय भन्दा बढी देशमा रहेका नेपालीको स्वास्थ्यकर्मी एउटै छानामुनी ल्याउने सम्मेलन विश्वकै ठूलो भेला भएको बताएका छन्। एनआरएनए–अष्ट्रेलिया, नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ एसोसिएसन, स्टार्स स्र्कालर्स नेटवर्कको साझेदारीमा सम्मेलन हुन लागेको हो। सम्मेलनको नारा ‘सबैका लागि मानसिक स्वास्थ्य तथा सुदृढ स्वास्थ्य सेवा वितरण प्रणाली’ रहेको छ।समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा आइतबार बसेको बैठकले सो सम्मेलन सफल पार्न एक तयारी समितिको गठन गरेको छ। बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका सल्लाहकार डा. हेमराज शर्माले सम्मेलनलाई भव्य रुपमा सफल बनाउन पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। संघका उपमहासचिव डा. देवी बस्नेतले एनआरएनए स्वास्थ्य समितिले एनआरएनएको नाम उच्च स्तरमा राखेको र सिङ्गो नेपाली समुदायले समितिप्रति गर्व गरेको बताए।‘विगतका वर्षमा जस्तै अष्ट्रेलियामा हुने सम्मेलनमा, विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञको कार्यपत्र प्रस्तुति, स्वास्थ्य सम्बन्धी परियोजनाको घोषणा, साझेदारसँगको सहकार्य र स्थानीय अष्ट्रेलियाली समुदायका लागि स्वास्थ्य परीक्षण लगायतको गतिविधि हुनेछ,’ डा सापकोटाले भने।
वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख एक हजार एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न विभाग प्रमुख पदमा नेतृत्व मनोनयन गर्नुभएको छ।
दक्षिण अमेरिकी राष्ट्र चिली नेपालमा लगानीका लागि इच्छुक देखिएको छ ।
मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो ।
हुुम्लामा तीस प्रतिशत मार्सी धान रोप्ने कार्य भएको छ । असार नलाग्दै किसानलाई रोपाइँको चटारो सुुरु भएको हो । जिल्लाका सात मध्ये ६ वटा गाउँपालिकामा धान खेती हुने गरेको छ ।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । मङ्गलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नवीन सुवेदी सुर्खेत, जेठ २४ गते। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सरकारकोतर्फबाट प्रदेश प्रमुख तिलक परियारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगिकार गरेको समृद्ध कर्णाली कर्णालीवासीको दीर्घकालीन सोच अनुरुप आर्थिक सामाजिक रुपान्तरण एवं गरिबी निवारणतर्फ नीति तथा कार्यक्रम लक्षित रहेको छ। कर्णाली विकासको प्रमुख आधार “६ 'ब' अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार’’ सबैको सहकार्य र सरोकारको मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ। प्रदेश अस्पताललाई विशिष्टिकृत रेफरल अस्पतालको रूपमा विकास गर्ने, जिल्ला अस्पतालको भौतिक पूर्वाधारको सुधार, विशेषज्ञ जनशक्तिको व्यवस्था र सूचना प्रविधिको प्रयोगमार्फत् स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै प्रदेशमा स्वास्थ्य सेवालाई गुणस्तरीय, भरपर्दो र प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न स्थानीय तह समेतको समन्वय र सहकार्यमा सामुदायिक स्वास्थ्य तथा स्क्रिनिङ्ग शिविर एवम् टेलिमेडिसिन सेवा सञ्चालन गर्ने कार्यक्रममा समेटिएको छ। यस्तै, मातृ-शिशु स्वास्थ्य सुधारका लागि किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना तथा बहुक्षेत्रीय पोषण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने, जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवन रक्षाका लागि गरिँदै आएको हवाई उद्धार कार्यक्रमलाई निरन्तरता दिएको छ। प्रदेश आयुर्वेद औषधालयलाई प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा स्तरोन्नति गर्ने, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरी प्रदेश भित्रै स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई थप विस्तार गर्ने, औषधि तथा स्वास्थ्य उपकरण लगायतका सामग्रीको खरिद, भण्डारण र वितरणलाई व्यवस्थित गर्न प्रदेश आपूर्ति केन्द्र सञ्चालनमा ल्याउने, विद्यालयका बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहका लागि विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। ज्येष्ठ नागरिक, दलित, वादी, विपन्न, राउटे, राजी, माझी, मुक्त हलिया, एकल महिला, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक, द्वन्द्व प्रभावित, विस्थापित व्यक्ति, अशक्त, घाइते तथा सहिद परिवार, एचआईभी संक्रमित व्यक्ति लगायतका वर्गको संरक्षण, आयवृद्धि र सहज जीवनयापनको व्यवस्थाका लागि मुख्यमन्त्री जीविकोपार्जन कार्यक्रमलाई निरन्तरता दिइएको छ। बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको कार्यक्रमलाई अभिलेखको समुचित व्यवस्थापन गरी प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्दै निरन्तरता दिने, कर्णाली प्रदेशमा राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्नसक्ने आवश्यक खेलकुद पूर्वाधारको विकास गर्न प्रदेश रङ्गशाला निर्माणको कार्यलाई तीव्रता दिने उल्लेख छ। किसान तथा व्यवसायी लाभान्वित हुने र उत्पादन लागत घटाउने गरी कर्णाली कृषि क्षेत्र सहयोग प्रणाली कार्यान्वयन गर्ने, उच्च मूल्ययुक्त कृषि उत्पादन र बजारीकरणलाई सडक कोरिडोर केन्द्रित गरी व्यावसायिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गर्ने, कृषि प्राविधिक स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिने, प्राङ्गारिक मल तथा जैविक विषादीमा कृषकको पहुँच अभिवृद्धि गर्न मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, भू-उपयोग नीति तर्जुमा गरी भूमिको चक्लाबन्दी गर्ने कार्यलाई प्रोत्साहन गर्दै करार, सहकारी र सामूहिक खेती तथा बाँझो जमिनमा खेती गर्न उत्प्रेरित गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ। बगैंचा एक स्वामित्व अनेक भन्ने मूल नाराका साथ सम्पूर्ण कृर्षकलाई कलष्टरमा एकीकृत गरेर स्याउ तथा ओखर विकास परियोजना कार्यान्वयनमा ल्याउने, कर्जामा सहुलियतपूर्ण ब्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिने, पशुपन्छीको स्वास्थ्य उपचार सेवाका लागि पशुपन्छी विकास निर्देशनालय अन्तरगतको प्रयोगशालालाई प्रदेशस्तरको रिफरल पशु अस्पतालको रुपमा स्तरोन्नति गर्ने प्रदेश प्रमुख परियारले बताउनुभयो। उहाँले कर्णाली प्रदेशका निर्यातयोग्य रैथाने तथा प्राङ्गारिक उच्च मूल्ययुक्त वस्तुको कर्णाली पहिचान झल्किने “मुल्यवान“ लोगो प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिएर बजारीकरणका लागि उत्पत्तिको प्रमाणपत्र, ब्राण्डिङ्ग, लेबलिङ्ग तथा गुणस्तर लोगो प्राप्तिमा सहयोग गर्ने र आगामी आर्थिक वर्ष २०७९/८० लाई “कर्णाली वृक्षारोपण वर्ष“ घोषणा गरेर कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख छ।
सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियान्ता सुवाश शाहीलाई मनोनित गरेको छ।