दशौँ राष्ट्रिय खेलकुद २०८१ को लोगो तथा मस्कट रारातालबाट सार्वजनिक गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को बिहिबार पोखरामा बसेको बैठकले स्वर्गकी अप्सरा भनेर चिनिने कर्णाली प्रदेशको चर्चित पर्यटकीयस्थल रारामा लोगो र मस्कट सार्वजनिक गर्ने निर्णय गरेको हो ।
जिल्लाको वाणगंगा नगरपालिका–८ भोटेपथ बिहीबार बिहान भएको दुर्घटनामा ३२ वर्षीय मोटरसाइकल चालक सुमन थारुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्र बैंकले धनतेरसका अवसरमा आज (बिहीबार)देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ ।
अनेकौँ उतारचढावका बीच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३ औँ वर्षमा प्रवेश गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनादेशबाट सरकार बन्ने दिन नजिक आइसकेको बताउनु भएको छ । निर्वाचनको महासङ्ग्राम सुरु भएको बताउँदै ओलीले जनताले सही विवेक प्रयोग गर्ने र मूलकलाई नयाँ दिशा निर्देश गर्ने गरी आफ्नो अभिमत जाहेर गर्ने प्रमुख दिनको रूपमा निर्वाचन रहेको भन्दै यस्तो बताउनु भएको हो ।
लहान नगरपालिकाको ग्रामीण भेगमा पर्ने वडा नम्बर–२३ मा मल्लाह समुदाय यति बेला छठ पर्वको लागि चाहिने बाँसजन्य ढकिया बनाउन व्यस्त रहेका छन् । ढकिया बनाएर राम्रो आम्दानी गर्ने सुरमा रहेका मल्लाह समुदायलाई निर्वाचनले छोएको छैन ।
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडीसहित प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसीलगायतले ४१ जना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गर्नुभएको हो।
स्थानीय प्रशासनले बैतडीका १२९ मतदान स्थलमध्ये सुरक्षाका दृष्टिकोणले ३१ मतदान स्थल अति संवेदनशील र ३४ मतदान स्थल संवेदनशील गरेर ६५ मतदान स्थल संवेदनशीलको सूचीमा राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको मङ्सिर ४ गते हुने निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरेर तीन भागमा वर्गीकरण गरिएको छ ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि तीन जना पूर्वमन्त्री बीच प्रतिस्पर्धा हुने देखिएको छ। सो क्षेत्रमा पूर्वकानुनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका उम्मेदवारले समाजिक सञ्जाललाई चुनावी प्रचारप्रसारको मुख्य साधनका रूपमा प्रयोग गर्न थालेका छन्। प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उम्मेदवारले आफ्ना एजेन्डा तथा विगतमा गरेका काम र दैनिक कार्यक्रमको प्रचार सामाजिक सञ्जाल फेसबुकबाट गर्न थालेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अधुरा काम पूरा गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले कार्यकर्तासँग बुधबार हुम्लामा भएको भेटघाटमा मुख्यमन्त्री भएपछि धेरै काम गर्न नपाएको र ती काम पूरा गर्न प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १४ वडा मिलेर बनेको प्रदेश सभा २ (क) बढी महत्वका साथ हेरिएको छ । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता यामलाल कँडेल र नेपाली कांग्रेसका कालीप्रसाद शाक्य तीन दशकपछि पुनः चुनावी मैदानमा प्रतिस्पर्धी बन्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला क्षेत्र नम्बर ४ को निर्वाचनलाई सबैले चासोसाथ हेरेका छन् । डडेल्धुरापछि चासो दिइएको यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीद्वय र वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । दुवै जना आ–आफ्ना पार्टीका सुदूरपश्चिम प्रदेशको नेतृत्वकर्ता रहेका कारण यो निर्वाचन क्षेत्रलाई चासोका रूपमा हेरिएको छ ।