सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखाबाट सबैभन्दा बढी मतान्तरले विजयी गराउने बताउनुभएको छ ।
विद्यालय बाहिर रहेका किशोरीलाई अध्ययनका लागि विद्यालयमा नल्याएसम्म समाज रुपान्तरण कठिन रहेको सरोकारवालाको भनाइ छ । जनकपुरधाममा आज भएको कार्यक्रममा सरोकारवालाले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको बलिदानी, त्याग र लामो सङ्घर्षले व्यवस्था बदलिएको भए पनि अवस्था नबदलिएकाले राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।
बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।
निर्वाचन आयोगले आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार एवम् नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दुर्लभ थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
काठमाडौं, कात्तिक २ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि प्रोग्रेसिभ सप्रान्युक्लियर पाल्सी नामक रोगबाट पीडित दाहाल नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिट अस्पताल पुग्नुभएको थियाे । “उहाँको स्वास्थ्य जाँच नियमित रुपमा भइरहेको छ । यसै क्रममा आज बिहान अस्पताल पुग्नुभएको हो । चिकित्सकको सुझाव अनुसार उहाँ अस्पताल भर्ना हुनुभएको ”, दाहालको सचिवालयले बताएको छ ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा २९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।
नेप्से परिसूचक निरन्तर तेस्रो दिन पनि ओरालो लागेको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्से बुधवार नेप्से परिसूचक १२.८१ अङ्क घटेर १८४५.५१ बिन्दुमा झरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार राति भारत आइपुग्नु भएको विदेश मन्त्रालयका एक अधिकारीले बुधबार बताएका छन् ।
निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनु भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनका राजदूत हउ यान्छीले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवनमा पुगेर राष्ट्रपति भण्डारीसँग चीनका राजदूत यान्छीले बिदाइ भेट गर्नुभएको हो ।