• ८ मंसिर २०८१, शनिबार

सोमालियामा बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

blog

मोगादिसु, कात्तिक २ गते । संयुक्त राष्ट्रसङ्घीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरू देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रूप पनि लिन सक्ने बताइएको छ ।

सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको सिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रूप लिएको बताइएको छ । युनिसेफले पछिल्ला वर्षहरूमा सोमालियमा कुपोषणबाट मृत्यु हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।

यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ । सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका बिरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको सिकार हुन पुगेका पनि बताइएको छ । रासस/सिन्ह्वा