• १९ असोज २०८१, शनिबार

बसको ठक्करबाट मोटर साइकल चालकको मृत्यु

blog

फाइल तस्बिर

जानु पाण्डे
कपिलवस्तु, कात्तिक ३ गते ।
 कपिलवस्तुमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका–८ भोटेपथ बिहीबार बिहान भएको दुर्घटनामा ३२ वर्षीय मोटरसाइकल चालक सुमन थारुको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका घर भएको थारुको भैरहवास्थित सिटी अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक नारद कार्कीले बताउनुभयो । दाङ तुलसीपुरदेखि पोखरा जाँदै गरेको ना७ख ७३५१ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु२०प ५४९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।

ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक कार्कीका अनुसार घटनामा परी घाइते हुनुभएको मोटरसाइकलमा सवार ३८ वर्षीय भवनाथ कुँवरको भैरहवामा उपचार भइरहेको छ ।