• ७ जेठ २०८१, सोमबार

धनतेरसका लागि सुन र चाँदीका सिक्का बिक्री सुरु (फोटो फिचर)

blog

तस्बिर : कविन अधिकारी

काठमाडौं, कात्तिक ३ गते । राष्ट्र बैङ्कले धनतेरसका अवसरमा आज (बिहीबार) देखि सुन र चाँदीका सिक्का (असर्फी) बिक्री गर्न थालेको छ । काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट आजदेखि ती सिक्काको बिक्री वितरण सुरु गरेको हो ।

राष्ट्र बैङ्कले शनिबार अर्थात् कात्तिक ५ गते मनाइने धनतेरसलाई लक्षित गरी सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।