• ११ असोज २०८१, शुक्रबार

जनादेशबाट सरकार निर्माणको दिनगन्ती सुरु–ओली

blog

दमकमा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्नुहुँदै केपी शर्मा ओली । तस्बिर: गोरखापत्र

दमक, कात्तिक ३ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनादेशबाट सरकार बन्ने दिन नजिक आइसकेको बताउनुभएको छ । निर्वाचनको महासङ्ग्राम सुरु भएको बताउँदै ओलीले जनताले सही विवेक प्रयोग गर्ने र मुलुकलाई नयाँ दिशा निर्देश गर्ने गरी आफ्नो अभिमत जाहेर गर्ने प्रमुख दिनको रूपमा निर्वाचन रहेको भन्दै यस्तो बताउनुभएको हो ।

झापाको दमकमा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रम छर्नेविरुद्ध आफूहरूले स्पष्ट योजना र कार्यक्रम दिएर मन जित्नुपर्ने बताउनुभयो । हामी कुनै प्रकारको भ्रम छर्दैनौँ र जनतालाई हिजो गरेको काम र भोलि हामीले गर्ने कामको विषयमा बुझाएर मत माग्छौं, उहाँले भन्नुभयो । 

यो पनि पढ्नुहोस

तिहारका लागि किनमेल सुरु [फोटोफिचर]

आफ्नो पार्टी एमालेले ‘मिसन १५०’ अर्थात् प्रत्यक्ष र समानुपातिकमा गरेर प्रतिनिधि सभामा १५० सिट जित्ने र आफ्नो नेतृत्वको सरकार बनाउने लक्ष्य राखेको बताउँदै आफूसँग तालमेल गरेर निर्वाचनमा उठेका राप्रपा र जसपालाई पनि सँगसँगै लिएर जाने अध्यक्ष ओलीले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस

ढकिया बनाउन व्यस्त मल्लाह समुदाय

पैँसट्ठी मतदान स्थल संवेदनशील

अब यो सरकारको दिनगन्ती सुरु भएको छ र मङ्सिर ४ पछि नयाँ जनादेशको सरकार बनेर मुलुकलाई नयाँ दिशातर्फ लैजानेछ, ओलीको भनाइ थियो । आफू नेतृत्वको सरकारका पालामा तीन वर्षमा देशको विकासले काँचुली फेरेको भन्दै ओलीले विकास र समृद्धिको पक्षमा जनलहर रहेको बताउनुभयो । मङ्सिर ४ मा एमालेलाई बहुमतसहितको सरकार निर्माणको अवसर आउनेछ, ओलीले भन्नुभयो ।

ओलीले यो निर्वाचन सामान्य निर्वाचन नभएर देश विकास गर्ने र अर्कोतिर देश बिगार्न साठगाँठ गर्ने बीचको लडाइँ भएको बताउनुभएको छ । विकास र समृद्धि चाहने र मुलुकमा गठबन्धन गरेर सत्ता हत्याउने बीचको प्रतिस्पर्धा यो निर्वाचन बनेको पनि उहाँको भनाइ  थियो । ओली तीनदिन देखि आफ्नो गृह जिल्ला झापासहित निर्वाचन क्षेत्र नं. ५ केन्द्रित निर्वाचन अभियानमा रहनुभएको छ । 

यो पनि पढ्नुहोस

आचारसंहिता पालना गर्न परिपत्र

अदालत परिसर अपाङ्गमैत्री

यो पनि पढ्नुहोस

विदेशी संस्कृतिले नेपाली बाजा मादल सङ्कटमा (फोटो र भिडियो)

सहकारी कर्मचारीमाथि गोली प्रहार, लुटियो रित्तो झोला

Author

विष्णुप्रसाद पोखरेल