नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्र्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न निरन्तर पहल गरिरहेको दाबी गर्नुभएको छ । सो पार्टीको तर्फबाट शुक्रबार अपिल जारी गर्दै अध्यक्ष नेपालले उपलब्धिको रक्षा गर्ने र स्वेच्छाचारी शासन सञ्चालन गर्न चाहने पक्षबीच प्रतिस्पर्धा हुन लागेको बताउँदै त्यो जिम्मेवारीलाई पूरा गर्न नेता तथा कार्यकर्तालाई अनुरोध गर्नुभयो ।
तिहारमा आवश्यक पर्ने भाइमसलाको आयात साढे दुई अर्ब रुपियाँको हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/८९ मा दुई अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपियाँको तिहारलाई लक्षित सामान आयात भएको हो । तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका अन्य सामान आयात हुने गरेको छ ।
गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ
जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन र क्षतिपूर्ति दुवै विषयलाई उठाउने भएको छ । बढ्दै गएको पृथ्वीको तापमानलाई कसरी रोक्ने भन्ने मुख्य उद्देश्यसहित इजिप्टको सामएलसेख सहरमा कात्तिक २० देखि मङ्सिर २ गतेसम्म हुने सम्मेलनमा नेपालले ती विषय उठाउने भएको हो । खनिज, इन्धन तथा कोइलाको प्रयोगले पृथ्वीको तापक्रम बढ्दै गएको बताइएको छ ।
विगत १९ वर्षदेखि पशुपति विकास कोषको जग्गा भोगचलन गर्दै आएको मारवाडी सेवा समितिले निर्माण गरेको अवैध संरचना हटाइने भएको छ। गौशाला चोकमा रहेको कोषको नौ रोपनी १४ आना जग्गामा बनेको भवनसहितको जग्गा कौडीको भाउमा लिजमा लिएर धर्मशाला सञ्चालन गर्दै आएको समितिलाई ३५ दिने समय दिएर अवैध संरचना हटाउन कोषले निर्देशन दिएको छ।
रुपन्देही क्षेत्र नं. २ का नेकपा (एकीकृत समाजवादी) का प्रतिनिधि सभा सदस्यतर्फका उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम नहुने भएको छ । उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न सर्वोच्च अदालतले अस्वीकार गरेसँगै गुरुङको मनोनयन कायम नहुने भएको हो । सर्वोच्चले यसअघि जारी अल्पकालीन आदेश खारेज गर्दै कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार हुन नपाउने आदेश गरेको हो ।
जापान सरकारले नेपालस्थित सङ्खुवासभाको विद्यालय निर्माण गर्न सघाउने भएको छ। सङ्खुवासभास्थित दुर्गम भेगमा जीर्ण अवस्थामा रहेको श्री हिमालयन माध्यमिक विद्यालयका कक्षाकोठा निर्माण गर्न जापानका तर्फबाट नेपालका लागि राजदूत किकुता याताका र सङ्खुवासभाको स्वयंसेवी संस्था एनपीओका अध्यक्ष लाक्पा नोर्बु शेर्पाबीच बिहीबार दुईपक्षीय सम्झौता भएको छ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौमा एक खर्ब ८७ अर्ब रुपियाँ विपे्रषण भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।
सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक छायाबाट मुक्त राख्नुपर्ने बताउनुभएको छ।
पाल्पा रामपुर नगरपालिका–४ स्थित देवीस्थान लगाइएको सयपत्री फूल टिप्दै व्यवसायी दिलबहादुर थापा र सुकमाया थापा ।
सुख, शान्ति, समृद्धि र आपसी सदभावका साथ मनाइने तिहारको समयमा रातको ९ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।
सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ।
गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको बताउनुभएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदले कसरी स्वस्थ राखिरहने भन्ने कला सिकाउने विज्ञान भएको जानकारी दिनुभयो ।