निर्वाचन आयोगले शुक्रबारसम्म ४८ वटा स्पष्टीकरण सोधेको छ। आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार ४८ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको मात्र जवाफ प्राप्त भएको हो।
तिहार नजिकिएसँगै हजारी, मखमली, गुरधौलीजस्ता फूलको मालाको माग बढेसँगै वजारमा फूलको माला भित्रिएको छ । तिहारलाई सप्तरंगी टीका र सयपत्री अनि मखमली फूलको माला लगाउने पर्वका रुपमा चिनिन्छ ।
बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतकहरुको शुक्रबार सामुहिक अन्त्यष्टि गरिएको छ । मृतकका आफन्त तथा परिवारजनले हिन्दु संस्कारअनुसार सदरमुकाम चैनपुर नजिकै रहेको धौलाबगर आर्यघाटमा मृतक ८ जनाको सामुहिक रुपमा अन्त्यष्टी गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर २२ गतेभित्र निर्वाचन परिणाम सार्वजनिक गरी मङ्सिर महिनाभित्र सरकार गठनको बाटो खोलिदिने बताउनु भएको छ ।
काठमाडौं, कात्तिक ४ गते। सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि काठमाडौं महानगरपालिका र डिजिटल एण्ड वियोण्ड प्रालिबीच सम्झौता भएको छ। महानगर प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा सल्लाहकार रेशु अर्यालको रोहवरमा शुक्रबार राष्ट्रिय सभा गृहमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वियोन्डका प्रमुख कार्यकारी निर्देशक सगुन ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। वियोन्ड गुगलको नेपाल र दक्षिण एशियाली साझेदार संस्था हो।आउँदो दुई वर्षका लागि भएको सम्झौता बमोजिम वियोन्डले गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधा, सञ्चालन व्यवस्थापनका लागि तालिमलगायत सहयोग सेवा महानगरलाई निःशुल्क उपलब्ध गराउनेछ। यसअन्तर्गत सामुदायिक विद्यालयमा शिक्षण र सिकाइका लागि शिक्षकको डिजिटल क्षमता विकास गर्ने, विद्यार्थीलाई पढाउने, शिक्षण सिकाई व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेलगायत काम हुनेछन्। सम्झौतापछि बोल्दै महानगरकी उपप्रमुख डंगोलले, डिजिटल प्रविधि प्रयोगको प्रत्यक्ष लाभ विद्यार्थीको शैक्षिक तथा मानसिक विकासमा हुनुपर्ने धारणा राख्नुभयो। “शिक्षकलाई प्रविधिको प्रयोग गर्न सक्ने बनाएर शिक्षण क्रियाकलापमा सिकाउने र सिक्नेको सम्बन्ध जोड्नुपर्छ। शिक्षकको क्षमता विकास गरिएन भने विद्यार्थीमा शिक्षकभन्दा आफूमा बुझ्न सक्ने क्षमता धेरै भएको महसुस हुनसक्छ। यसले सिकाई प्रणालीमा असर पुग्छ”, उहाँले भन्नुभयो, “बालबालिका चाहे संस्थागत विद्यालयमा पढुन् या सामुदायिक विद्यालयमा। डिजिटल प्रविधिमा समान पहुँच हुनुपर्छ। यसका लागि सम्झौता लाभदायक हुने मैले अपेक्षा गरेकी छु।”कोड क्लब गठन गरेर कक्षा दुईदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर गुगल वर्कप्लेस फर एजुकेसनमार्फत् यस सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यसमा हरेक विद्यालयमा वेभ साइट चलाउन र सामग्री व्यवस्थापन गर्न एक जना प्रतिनिधिलाई तालिम दिइनेछ। वियोन्डले सन् २०१३ मा गुगलबाट एजुकेटर समूहका रुपमा मान्यता पाएको हो।
गुल्मीमा लाखौं रुपियाँका झिनियाँ रोटी उत्पादन हुँदैआएको छ । यस जिल्लाको पुरानो व्यापारिक केन्द्रका रुपमा परिचित मुसिकोट नगरपालिकाको वामीटक्सारमा वार्षिक झण्डै ५० लाख रुपियाँ बराबरको झिनियाँ रोटी उत्पादन हुँदैआएको हो ।
निर्वाचन आयोगले सार्वजनिक बिदामा पनि स्थानीय तह निर्वाचनका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने व्यवस्था गरेको जनाएको छ । आयोगका समानुपाति निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा तोकिएको समयावधिभित्र निर्वाचन खर्च विवरण नबुझाउनेलाई सो अवधिमा बुझाउन सक्ने निर्णय आयोगले गरेको जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि बन्ने एमाले नेतृत्वको सरकारले जनकपुरको रेलभन्दा तीव्र गतिमा विकासको काम शुरु गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटना भएको छ। चुनावी प्रचारका क्रममा स्याङ्जा पुगेको उहाँ सवार बा १६ च ५४४९ नम्बरको गाडी दुर्घटना भएको हो।
भोलिका दिनमा गठबन्धनकै सरकार बन्ने र अबको १०-२० वर्ष नै गठबन्धनबाट अघि बढ्ने उहाँको भनाइ छ।
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरु काठमाडौं, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरी प्रदान गरिएको छ ।
रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन्। उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन्।
पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।
आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।
पोखरा, कात्तिक ४ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विशेष परिस्थितिलाई सम्हाल्दै देशको विकासका लागि अग्रगामी शक्ति एक भएको बताउनुभएको छ। शुक्रबार पोखरामा आयोजित सत्ता गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो। उहाँले आगामी निर्वाचनमा जनतालाई देश विकासका लागि अग्रगामी शक्ति एक ठाउँमा उभिएको जनकारी दिनुपर्ने बताउनुभयो। गठबन्धन एक हुँदा प्रतिपक्ष दलले माओवादी र कांग्रेसको विषयमा विरोधी कुरा ल्याइरहेको भन्दै त्यसलाई गठबन्धनका दलले चिर्न सक्नुपर्ने उहाँको भनाइ छ। मुख्यमन्त्री पोखरेलले मुलुकमा परिवर्तन गर्ने दुई शक्ति भनेको नेपाली कांग्रेस र माओवादी तथा एकीकृत समाजवादी भएको दाबी गर्नुभयो। मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘‘हामी निरङ्कुशताविरुद्ध लडेका थियौँ। बीचमा सामान्य अवस्थामा देश गयो। यो मुलुकमा परिवर्तन गर्ने दुई शक्ति एउटा लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस र अर्को वामपन्थी शक्ति हो। जसको मुलधारमा अहिले आएर माओवादी र एकीकृत समाजवादी आएको छ। यो संयुक्त प्रयत्नले मुलुकमा परिवर्तन ल्याएको छ र अहिलेको संविधानमाथिको निर्ममतापूर्वक अतिक्रमण भएको छ, प्रतिगमन भएको छ, त्योविरुद्ध हामी एक ठाउँमा रहनु हाम्रो स्वाभाविक प्रक्रिया हो।’’मुख्यमन्त्री पोखरेलले संविधानमाथिको अतिक्रमण र प्रतिगमनविरुद्ध एकजुट हुनु स्वाभाविक भएको बताउनुभयो।