तम्घास, कात्तिक ५ गते । गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका– ७ की ४० वर्षीया तालकुमारी कुमाललाई ४२ वर्षीय सूर्यबहादुर कुमालले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आरोपी श्रीमानलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।