• ११ असोज २०८१, शुक्रबार

इटहरीमा गोरखापत्रको निर्वाचन लक्षित अनुशिक्षण सुरु

blog

इटहरी, कात्तिक ४ गते ।  मंसिर ४ गते हुने प्रतिनिधि  सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी गोरखापत्र संस्थानले प्रदेश नं १ र मधेश प्रदेशका जिल्ला समाचारदाताहरुलाई लक्षित गरी निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशमूलक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ । 

निर्वाचन आचारसंहिता, पत्रकार आचारसंहिता, निर्वाचनका विभिन्न गतिविधिका समाचार लेख्दा ख्याल राख्नुपर्ने विषयवस्तुलाई जानकारी गराउनुका साथै निर्वाचन केन्द्रित भई समाचार एवम् पाठ्य सामग्री सम्प्रेषणका क्रममा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा कार्यक्रममा जानकारी गराइने छ । 

अनुशिक्षण कार्यक्रमको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुहुनेछ । संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराई तथा प्रशिक्षकद्वय प्रा. डा. टंकप्रसाद न्यौपाने र जगत नेपाललगायतले प्रशिक्षण दिनुहुनेछ ।

कार्यक्रममा सञ्चालक समितिका सदस्यहरु चेतनाथ धमला र सचिन पोखरेल, नयाँ नेपालका संयोजक कुमार विवेकानन्द मिश्र, प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाल, योजना तथा तालिम शाखा प्रमुख बबिता कार्कीलगायतको सहभागिता रहेको छ ।  अनुशिक्षणमा प्रदेश नं १ र मधेश प्रदेशका करिब ६० जना प्रशिक्षार्थीहरुको सहभागिता  छ । 


Author

गोकुल भुजेल