नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिनुभयो ।
रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।
भाइबहिनी हो तिमीहरूलाई अनुशासन भनेको के हो ? थाहा छ, धेरैलाई त थाहा छ होला है । आज हामी यही अनुशासनका बारेमा केही जानकारी हासिल गर्ने छौंँ । भाइबहिनी हो अनुशासन भनेको जे गर्नुपर्ने हो त्यो गर्नु र जे नगर्नुपर्ने त्यो नगर्नु हो । मानवजीवनका लागि गाँस, बास र कपासको जति आवश्यकता पर्दछ त्यति नै जीवनलाई सही मार्गमा डो¥याउनका लागि अनुशासनको पनि थप आवश्यकता पर्दछ । जन्मेदेखि नमरुञ्जेलसम्म सबैको जीवनमा अनुशासनले गहन भूमिका खेलेको हुन्छ ।
एउटा ठूलो राज्य थियो मुगल । त्यहाँका जनता खुसीसाथ रहन्थे । त्यस राज्यका राजा निकै नै दयालु र असल स्वभावका थिए । उनी आफ्ना जनतालाई निकै नै माया गर्थे । राज्य चलाउन सहयोगका लागि उनले मन्त्री चयन गर्ने विचार गरे । उनले महिम नामको एक असल मान्छेलाई मन्त्री छाने । असल मानिस मन्त्री छानिएको कुरा सुनेर जनता देशमा केही परिवर्तन हुन्छ कि भन्ने कुरा ठान्थे । दिनहरू बित्दै गए महिम मन्त्री बनेपछि पहिलो २४ महिना राम्रा काम गरे । विस्तारै मन्त्रीको मनमा लोभ लाग्न थाल्यो ।
रुँदै रुँदै यस धर्तीमा टेक्यौ आफ्नो पाइला दुष्ट पापी धन्दा गरे बस्छ जीवनमा मैला
मेलम्चीको पानी वितरण सुरु भएको छ । तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार विहानदेखि पानी वितरण सुरु भएको हो ।
दिनदिनै म विद्यालय गएर पढेको जस्तै, दिनदिनै मेरी ममीले विद्यालयमा गएर पढाएको जस्तै मेरा बाबा पनि दिनदिनै कार्यालय जानुहुन्छ । म त विद्यालय गएर पढ्छु तर बाबाचाहिँ कार्यालय गएर के के गर्नुहुन्छ होला ? कार्यालय किन जानुहुन्छ होला भन्ने प्रश्न मेरो मनमा बसिरहन्थ्यो । एकदिन त मलाई पनि बाबाको कार्यालयमा जाउँ जाउँ लाग्यो । मेरो विद्यालयमा छुट्टी थियो । मैले बाबा र ममीलाई नै आपूm बाबाको कार्यालयमा जान चाहेको कुरा भनेँ । यस कुरामा बाबा र ममी नै सहमत हुनुभयो तर अब भने मलाई डर पो लाग्न लाग्यो । ‘बाबाको कार्यालयमा के पो होला ? गएर के गर्ने होला ? को कोसँग भेट हुने होला’ यस्तो पो मनमा खेल्न लाग्यो । बाबासँगै बाबाको कार्यालयमा काम गर्ने अङ्कलहरूसँग त कहिलेकाहीँ मैले भेटेको थिएँ । उहाँहरूसँग थोरै थोरै कुरा पनि गरेको
स्वतन्त्र थियौँ र छौँ हामी एकताबद्ध भई बाँच्न सिकेका छौँ । नेपालमा जन्मियौँ हामी नेपाली भनेर चिनियौँ ।
बैतडीको स्थानीय गड्डी जातका भैँसी खरी रोगका कारण सङ्कटमा परेको छ। सिगास गाउँपालिका–१ को वडा कार्यालय र स्थानीय सामुदायिक सिकाइ केन्द्रको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीले गाउँमा हालै पशु स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। सोहीक्रममा स्थानीय गड्डी जातको भैँसीमा खरी रोगको प्रभाव ज्यादा पाइएको हो।