चौंथो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा बिहीबार सप्तरीमा एक दिवसीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ।
धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा उधौली पर्वको अवसरमा नवनिर्मित वाबु पोखरी उदघाटन गरिएको छ । किरात राई समुदायको सांस्कृतिक सामग्री बाबुको आधारमा करिब ५५ फुट लम्बाइ र आरसीसी ढलानसहितको बाबु पोखरीको बिहीबार सुनसरी क्षेत्र नं. १ का नवनिर्वाचित संघीय सांसद अशोककुमार राईले उदघाटन गर्नुभयो ।
कामको मूल्याङ्कन गर्दै पुरस्कृत भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने हौसला बढेको बताएका छन् । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा राम्रो काम गरेको भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीलाई सम्मानित गरेको थियो ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको न्यायिक समितिले टोल टोलमै पुगेर न्याय सम्पादन गर्न थालेको छ । गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक बिना राईको नेतृत्वको टोलीले चालु आर्थिक वर्षको हालसम्म पाँच वटा उजुरी यथास्थानमै पुगेर न्याय सम्पादनको काम गरेको हो ।
रकम अपचलनका कारण बन्द रहेको सदरमुकाम तौलिहवास्थित रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।
बूढीगङ्गा नगरपालिका–४ का पदम लुहारले गाउँमै आरन व्यवसाय सुरु गर्नुभएको छ। रोजगारीका लागि भारतमा बस्दै आउनुभएका पदम लुहारले भारतमा आफूले गर्न सक्ने काम नमिलेको र मिले पनि काम अनुसारको तलब नपाएपछि गाउँ फर्केर आरन व्यवसाय सुरु गर्नुभएको हो।
ताप्लेजुङसहित पूर्व अर्थात प्रदेश १ अन्तर्गतका जिल्लामा बिहीबार चासोक तङ्नाम (न्वागी पर्व) धुमधामसँग मनाइएको छ । लिम्बू समुदायले आफ्नो महान् पर्वका रुपमा यो पर्व मनाएका हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानुनी व्यवस्थाको पूर्ण रूपमा लागू गर्न ध्यानाकर्षण गराउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा टेवा पुर्याउने उद्देश्यले पश्चिमसेती जलविद्युत आयोजना निर्माणको काम प्राथमिकताका साथ अगाडि बढेको बताउनुभएको छ।
काठमाडौं उपत्यकामा पनि उधौली पर्व विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चार्ड मनाउने गरिन्छ।
सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आबुखैरेनी जोड्ने अप्टिकल फाइभर काटिएका कारण सेवा प्रवाह अवरुद्ध भएको एनसेलले जनाएको छ।
प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तर्घात गरेको भन्दै नेकपा (एमाले) बैतडीले पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनुभएको छ।
तनहुँको एक पालिकाले सडकको नयाँ ट्र्याक खोल्न प्रतिबन्ध गरेको छ । भिमाद नगरपालिकाले नयाँ सडक ट्र्याक खोल्न प्रतिबन्ध लगाएको हो ।
बिहीबार उधौली पर्व, देशभर विभिन्न कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइएको छ।