बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो ।
बिहेको भोज खाएर दुई सय जनाभन्दा बढी मानिस बिरामी भएका स्थानमा दूषित पानीको प्रयोग भएको पाइएको छ । बिहेको भोजमा प्रयोग भएको पानीमा कोलिफर्मको जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिज बस्ने हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । आगलागीले लाखौँ रुपियाँ बरावरको क्षति भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्सिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा दशरथ रङ्गशालामा शनिबारदेखि सुरु हुने यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात विधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।
नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा आज (बिहीबार) नेपालले बलियो टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि प्रत्यक्षतर्फ कांग्रेसले नै बढी सिट ल्याएको छ ।
एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ ।
धनुषाको ढल्केवरमा व्यवसायीहरूले बैङ्कहरूले बढाएको चर्को व्याजविरुद्ध प्रदर्शन गरेका छन् । मिथिला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबार ढल्केवरमा व्यवसायीहरूले विरोध प्रदर्शन गरिएका हुन् ।
बुधवार मध्यान्न चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली सिमकोट आई पुगेको छ ।
सालोको हत्या गरेर फरार भएका कैलालीको जोशीपुर नगरपालिका–६ का ५० वर्षीय गौरीलाल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुगुका अधिकांश ग्रामीण भेकमा फोरजी सेवा विस्तारका लागि अझै टावर विस्तार हुन सकेको छैन। मुगुमा फोरजी विस्तारका लागि पाँच वर्षअघि टावर विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा ग्रामीण भेकका सेवाग्राही फोरजी सेवाबाट वञ्चित भएका छन्। नेपाल टेलिकम मुगुका निमित्त प्रमुख गणेश डीसीले जिल्लाको ग्रामीण बस्तीमा टावर विस्तारको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा सबैतिर फोरजी सेवा विस्तार हुन नसकेको बताउनुभयो।