• ११ असोज २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै

blog

काठमाडौं, मङ्सिर २२ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्सिर २४ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएको जानकारी दिनुभयो । बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।

मुख्यसचिव पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिनुभयो ।