• ११ असोज २०८१, शुक्रबार

नेपाल बलियो स्कटल्यान्डसँग खेल्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर २२ गते । नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा आज (बिहीबार) नेपालले बलियो टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र स्कटल्यान्डबीचको खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्ढोकमा दिउँसो १:४५  बजे सुरु हुनेछ । स्कटल्यान्डविरुद्ध मैदान उत्रँदा नेपाल पहिलो जितको खोजीमा छ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुई हार र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।

नामिबियासँगको पहिलो खेल वर्षाका कारण रद्द हुँदा नेपाल र नामिबियाले एक एक अङ्क बाँडेका थिए । त्यसपछि नेपाल दोस्रो खेलमा स्टकल्यान्डसँग तीन विकेटल पराजित भयो । बुधबार भएको तेस्रो खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग ८६ रनले पराजित भएको थियो ।

नेपाललाई विश्वकपमा छनोट हुन दबाब बढ्दै आएको छ । खराब नतिजा निकालेको नेपाललाई उलिग–२ को शीर्ष तीनमा रहन सबै खेल जित्नुपर्ने बाध्यता छ । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि अन्तिम पाँचमा रहन आवश्यक छ ।

सात टोली सहभागी लिग–२ मा २२ खेल सकेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३० खेलमा ४४ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ । स्कटल्यान्डको विश्वकप यात्रा पक्का जस्तै भइसकेको छ । लिगमा सहभागी हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।