• १३ साउन २०८१, आइतबार

इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा लाखौँको क्षति

blog

धनुषाको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा जलेर नष्ट भएको सामान । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, मङ्सिर २२ गते । धनुषाको महेन्द्रनगरमा बुधबार राति भएको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । मिथिला नगरपालिका –२ नकटाझिज बस्ने हिरा महतोको महेन्द्रनगरस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी भएको हो । आगलागीले लाखौँ रुपियाँ बरावरको क्षति भएको छ । 

आगलागीबाट करिब ३० लाख रुपियाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको पसल सञ्चालक महतोले बताउनुभयो । पसलमा भएको फ्रिज, एलएडी टिभी, राइसकुकुर, ग्याँस चुल्हो, इन्भर्टरलगायत बेच्न राखिएका सामानहरू पूर्णरुपमा जलेर नष्ट भएको महतोले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले इलेक्ट्रोनिक पसलमा आगलागी हुनुको कारण खुल्न नसकेको बताउनुभयो । विधुत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको यादवले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

आगलागी घटनाबारे जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेर स्थानीयवासी र वारुणयन्त्रको सहयोगले राति नै आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।