• ११ असोज २०८१, शुक्रबार

एकदिवसीय महिला क्रिकेटको उद्घाटन सत्रमा उपस्थित। तस्बिर : ललिता साह

blog

एकदिवसीय महिला क्रिकेटको उद्घाटन सत्रमा उपस्थित । तस्बिर : ललिता साह

ललिता साह

सप्तरी, मङ्सिर २२ गते। चौंथो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा बिहीबार सप्तरीमा एक दिवसीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ। सप्तरी र सिरहाका स्थानीय तहको सहकार्यमा एक दिवसीय महिला क्रिकेटको संचालन भएको हो। 

महिनावारी भएको समयमा पनि महिलाले आफ्नो कुनै काममा ब्रेक नलगाई हरेक क्षेत्र जस्तै खेल जगतमा उत्कृष्ट हुनुपर्ने उद्देश्यले बिहीबार सिरहा र सप्तरीका ११–११ जना महिला खेलाडीको दुईवटा टिमको सहभागितामा खेल आयोजना भएको सवल नेपालका निर्देशक दीपक झाले  जानकारी दिनुभयो। 

सप्तरीको पब्लिक विन्देश्वरी माविको खेल मैदानमा उत्साहजनक सहभागितामा खेल खेलाइएको क्रिकेट संघका मधेश प्रदेश सचिव तथा संघको सप्तरी अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो।

सप्तरीको डाक्नेश्वरी नगरपालिका , विष्णुपुर र राजगढ गाउँपालिकामा महुली समुदायिक विकास केन्द्रको परियोजना संचालित छन् भने सिरहाको कर्जन्हा सिरहा र कल्याणपुर नगरपालिकामा सवलको परियोजनाहरु संचालित रहेको छ सवल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिनुभयो।