प्रहरी बनेर हिड्ने २ जना नक्कली प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी भन्दै सन्धिखर्क नगरपालिकाको बसपार्कमा स्थानीयलाई धम्काउने ती व्यक्तिलाई प्रहरीले बसपार्कबाट शुक्रबार प्रकाउ गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्नेे बताउनुभएको छ । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
आर्थिक अवस्था कमजोर भएका भिमाद नगरपालिका–१ जिलाङका नरबहादुर थापालाई नेपाली कांग्रेस नेता तथा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी घर बनाइदिने घोषणा गर्नुभएको छ।
सुदूरपश्चिमको कैलाली र कञ्चनपुरपछि धेरै भ्रष्टाचार हुने जिल्लाको सूचीमा रहेको बैतडी सात पहाडी जिल्लामध्ये पहिलो नम्बरमा रहेको तथ्य सार्वजनिक भएको छ ।
नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागीता पक्का भएको छ ।
नागरिक उन्मुक्ति पार्टीे सरकारमा सहभागी हुने भएको छ ।
१३औं विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा शुक्रबार नेपालका प्रज्वलमान शाक्यले काश्य पदक जित्नुभएको छ । थाइल्यान्डको फुकेटमा भएको प्रतियोगितामा प्रज्वलले ६५ केजी तौल समूहमा तेस्रो स्थान हािसल गर्नुभएको हो ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको उपाधि भुवन नगरकोटीले जित्नुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सञ्चालित चार दिने प्रतियोगितामा भुवनले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ खेल्नुभयो ।
कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ ।
नेपालमा मातृ तथा बाल स्वास्थ्यमा सुधार तथ्यांकले देखाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई बञ्चित गरिन नहुने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस २०२२ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रष्टचार गर्दैनौँ, सहँदैनौँ, म घुस लिन्न, म घुस दिन्न’ प्ले कार्डसहित आज बजार परिक्रमा गरिएको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा’ सञ्चालन गरेको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाले सो सेवा सञ्चालनमा ल्याएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीका नेतृत्व तथा व्यवस्थापकलाई सबल बनाउने तालिम सम्पन्न गरेको छ । नगरपालिकाले १५ सहकारीका २५ जना सञ्चालक तथा कर्मचारीलाई तालिम प्रदान गरेको हो ।