• ११ असोज २०८१, शुक्रबार

विश्व बडिबिल्डिङमा प्रज्वललाई पदक

blog

काठमाडौं, मङ्सिर २३ गते । १३औं विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा शुक्रबार नेपालका प्रज्वलमान शाक्यले काश्य पदक जित्नुभएको छ । थाइल्यान्डको फुकेटमा भएको प्रतियोगितामा प्रज्वलले ६५ केजी तौल समूहमा तेस्रो स्थान हािसल गर्नुभएको हो ।

४४ राष्ट्रले भाग लिएको यस प्रतियोगतामा प्रि जजिङ राउन्डमा प्रज्वलको समूहमा नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा नेपाललगायत भारतका दुई जना, थाइल्यान्ड, बहराइनका खेलाडी पनि प्रवेश गनुभएको थियो । प्रज्वलको समूहमा बहराइनका अब्बास माकी अली पहिलो र भारतका योगश निकाम दोस्रो हुनुभयो ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा श्वेता कपालीले शनिबार प्रतिस्पर्धा गर्नुहुनेछ । विश्व बडिबिल्डिङमा पदक हासिल गरेपछि प्रज्वलले आफ्नो परिवारलाई यस सफलताको श्रेय दिनुभयो । उहाँले भन्नुभयो– ‘‘म परिवारलाई सम्झन चाहन्छु । उनीहरु मेरो जीवनको खम्बा हुन् । यसैगरी, प्रशिक्षक रुजेश शाही, ट्रेनिङ पार्टनर श्वेता, डिभाइन जिम परिवारलई पनि धन्यवाद दिन चाहन्छु । यिनीहरु विना यो सफलता सम्भव थिएन । आफ्नो देश र यी मेरो नजिकका सबेलई गर्वान्वित बनाउन सकेकोमा म निकै खुशी छु ।’’