• ११ असोज २०८१, शुक्रबार

सहकारी सञ्चालकको क्षमता बढाउँदै बुद्धभूमि

blog

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर २३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीका नेतृत्व तथा व्यवस्थापकलाई सबल बनाउने तालिम सम्पन्न गरेको छ । नगरपालिकाले १५ सहकारीका २५ जना सञ्चालक तथा कर्मचारीलाई तालिम प्रदान गरेको हो ।

सहकारी व्यवस्थापन ऐन कानुन, वित्तीय साक्षरता, सम्पत्ति सुदृढीकरण ऋण जोखिम र पल्स अनुगमनका विषयमा छलफल भएको नगरपालिकाका बाणिज्य तथा सहकारी अधिकृत विजय भुसालले बताउनुभयो । 

नगरपालिकाभित्र ६६ सहकारी सञ्चालनमा छन् । पालिकाले सहकारी संस्थालाई कोपोमिस सञ्चालन गर्नका लागि तालिम समेत प्रदान गरेको छ । सहकारी संस्थाका सञ्चालक र कर्मचारीको क्षमता बढाउने गरी सहजीकरण गरिएको तालिमका सहजकर्ता तथा सिद्धार्थनगर नगरपालिकाको अधिकृत कमलकान्त खनालले बताउनुभयो ।