• ८ मंसिर २०८१, शनिबार

घमण्ड (कथा)

blog

एउटा ठूलो राज्य थियो मुगल । त्यहाँका  जनता खुसीसाथ रहन्थे । त्यस राज्यका राजा निकै नै दयालु र असल स्वभावका थिए ।  उनी आफ्ना जनतालाई निकै नै माया गर्थे । राज्य चलाउन सहयोगका लागि उनले मन्त्री चयन गर्ने विचार गरे । उनले  महिम नामको एक असल मान्छेलाई मन्त्री छाने । 

असल मानिस मन्त्री छानिएको कुरा सुनेर जनता देशमा केही परिवर्तन हुन्छ कि भन्ने कुरा ठान्थे । दिनहरू बित्दै गए महिम मन्त्री बनेपछि पहिलो २४ महिना राम्रा काम गरे । विस्तारै मन्त्रीको मनमा लोभ लाग्न थाल्यो । 

समय बित्दै गयो आफ्नो पद र राज्यको पैसाले मन्त्रीलाई अन्धो बनाइसकेको थियो । एकदिन राजा आफ्ना जनतालाई भेट्न  कसैले थाहा नपाउने गरी जनताकै भेषमा बजारमा घुमिरहेका थिए । मदिरा सेवन गरी हिँड्न पनि नसक्ने अवस्थामा मन्त्री पनि राजा भएकै ठाउँमा आइपुगेछ । आफ्नो मन्त्रीको यो हालत देखेर राजा पनि दङ्ग परे । 

मन्त्री बजारमा हिँडिरहेका तर महिला तथा बालबालिकामाथि अभद्र व्यवहार गरेको देखेर राजा रिसले आगो भइसकेका थिए । राज्यमा यस्तो अपमान भएको देखेर राजा निकै क्रोधित भएर राजदरबारमा फर्किए । त्यसपछि मन्त्रीसहित आफ्नो दरबार अगाडि सबै जनतालाई बोलाइयो । 

राजाले मन्त्रीलाई आफ्नो अगाडि बोलाएछन् । मन्त्री पनि आज मेरो पदको बढुवा हुन्छ भनेर खुसीका साथ राजा अगाडि पुगेछ । उक्त व्यवहार के कारण पदको लागि योग्य ठानिनन् । 

तत्कालै मन्त्री पदबाट हटाए । अब आउने नयाँ मन्त्री अझ सचेत भएर काम गर्ने भए । त्यस ठाउँका महिला तथा बालबालिकाले त्यस दिनदेखि धेरै राम्रो ्वातावरणमा हिँडडुल गर्ने अवसर पाए ।

यसरी पद, प्रतिष्ठा र सम्मान पाउने बित्तिकै आफ्नो कर्तव्य बिर्सनु हुँदैन आफ्नो जिम्मेवारी र पदमा मात्तिने मान्छे कहिले पनि सुख शान्ति पाउँदैन भन्ने कुरा हामीले यस कटाबाट बुझ्न सक्छौँ ।