• ११ असोज २०८१, शुक्रबार

मेलम्चीको पानी वितरण सुरु

blog

खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार बिहानदेखि पानी वितरण सुरु गर्नुहुँदै । तस्बिरः गोरखापत्र

काठमाडौँ, मङ्सिर २३ गते । मेलम्चीको पानी वितरण सुरु भएको छ । तेस्रो पटक उपत्यकाका धारामा खानेपानी मन्त्री उमाकान्त चौधरीले शुक्रवार विहानदेखि पानी वितरण सुरु भएको हो । 
गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द भएको थियो । मन्त्री चौधरीले शुक्रवार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुभएको हो ।
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको थियो । यस पटक छ महिना पानी वितरण गरिने उहाँले जानकारी दिनुभयो ।