• १३ साउन २०८१, आइतबार

सुनौलो जीवन (कविता)

blog

रुँदै रुँदै यस धर्तीमा

टेक्यौ आफ्नो पाइला

दुष्ट पापी धन्दा गरे

बस्छ जीवनमा मैला


अँध्यारोले ढाकेको बादललाई

पार गरी उज्यालोको रङ

आभास गर्नु हो जीवन

इन्द्रेणीको सातै रङ

दृश्य हेर्नु हो जीवन


भन्छाैँ हामी दुई दिनको जिन्दगी

तर त्यस दुई दिनभित्र

झेल्नुपर्छ अनेकौँ वेदनाका रातहरू

सामना गर्नुपर्छ निस्तेजी चोटहरू


अनि बल्ल आभास गर्छौं

उज्यालो बिहानीको उदय

भुली सबै दुःख, कष्ट

सामेल हुन्छाैँ भई उमङ्गमय