• ११ असोज २०८१, शुक्रबार

अनुशासन

blog

भाइबहिनी हो तिमीहरूलाई अनुशासन भनेको के हो ? थाहा छ, धेरैलाई त थाहा छ होला है । आज हामी यही अनुशासनका बारेमा केही जानकारी हासिल गर्ने छौंँ । 

भाइबहिनी हो अनुशासन भनेको जे गर्नुपर्ने हो त्यो गर्नु र जे नगर्नुपर्ने त्यो नगर्नु हो । मानवजीवनका लागि गाँस, बास र कपासको जति आवश्यकता पर्दछ त्यति नै जीवनलाई सही मार्गमा डो-याउनका लागि अनुशासनको पनि थप आवश्यकता पर्दछ । जन्मेदेखि नमरुञ्जेलसम्म सबैको जीवनमा अनुशासनले गहन भूमिका खेलेको हुन्छ । 

अनुशासनबिनाको जीवन जीवन हुँदैन । चाहे साना हुन् चाहे ठूला हुन् सबैले अनुशासनको पालना गर्नुपर्छ । मानिसले जति–जति जिन्दगीका पाइला अगाडि बढाउँदै जान्छ उतिउति अनुशासनले ऊ बाँधिएको हुनुपर्छ । यदि कुनै पनि मानिस अनुशासनको परिधिभित्र बाँधिएन भने उसलाई जीवन धान्न गाह्रो पर्छ । विभिन्न सभा समारोह तथा कुनै पनि कार्यक्रममा लज्जाको पात्र बन्न सक्छ । अनुशासित व्यक्तिलाई जो कोहीले पनि मन पराउँछन् ।  

विद्यार्थी जीवनमा त झन् अनुशासन अति नै आवश्यक हुन्छ । अनुशासित व्यक्तिलाई जसले पनि सहयोग गर्न रुचाउँछन् । यो ब्रह्माण्डमा आ–आफ्नो स्थानमा सबैले अनुशासनको पालना गर्नुपर्ने हुन्छ । 

अनुशासनबिनाको जीवन जीवन हुँदैन । चाहे साना हुन् चाहे ठूला हुन् सबैले अनुशासनको पालना गर्नुपर्छ । मानिसले जति–जति जिन्दगीका पाइला अगाडि बढाउँदै जान्छ उतिउति अनुशासनले ऊ बाँधिएको हुनुपर्छ । 

बिहान पूर्व दिशामा झुल्किने घाम समयमा नझुल्किने हो भने यो सृष्टि नै अन्धकारमय हुन पुग्छ । यसरी सूर्यले अनुशासनको पालना गरिरहेको हुनाले सिङ्गो धर्ती जगमग भइरहेको हुन्छ । यसरी जीवजन्तु प्राणीहरू साराले आ–आफ्नो स्थानमा अनुशासनको पालना गरिरहेका हुन्छन् । त्यसैले झन् मानव जातिले त अनुशासनको पालना नगर्ने हो भने जीवन निरर्थक बन्न पुग्छ । 

जीवनलाई सार्थक बनाउने एक मात्र साधन अनुशासन हो । यस प्रकार मानवजीवनलाई जीवित राख्न मुटु र मस्तिष्कको जति महìव छ त्यति नै अनुशासनको महìव रहने भएकोले सबैको जीवनका लागि अनुशासन सर्वोपरी मानिन्छ ।