गोसाईंकुण्ड गाउँपालिका १ थुमनबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । थुमन गाउँकी ३१ वर्षीया पासाङ घलेको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित थापाथली प्रसूतिगृह अस्पताल पठाइएको हो ।
कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ ।
झापामा घाँस काट्न रुखमा चढेका एक व्यक्तिको करेन्ट लागेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका –४ का ४५ वर्षीय पुष्टबहादुर कडरियाको करेन्ट लागेर ज्यान गएको हो ।
गाउँपालिका अध्यक्षको टोली स्थलगत रूपमा अनुगमनमा गएपछि रोकिएको सडकको निर्माण कार्य सुचारु भएको छ ।
सरकारले नेपाल सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ।
गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुगजालीले जिल्ला भित्रका रोकिएका योजनाहरू सबैले प्रयास गरेर सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको हो।
नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ एवम् शुभकामना व्यक्त गरेको छ।
गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं १५ स्थित अमलटारी थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ ।
जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत्र २ गते बिहीबार बस्ने भएको छ।
सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार (१०४) खेल हुने भएको छ ।
चालु आर्थिक वर्ष २०७९–८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ। आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो।
कोभिड, दादुरा विरुद्धको खोप, विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधी सेवनमा नेपालगञ्ज उपमहानगर जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएको छ ।
निजी क्षेत्रको ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले जुम्लामा उच्च गतिको फाइबर इन्टरनेट सेवा सुरु गरेको छ। वर्ल्ड लिङ्कले जुम्ला सदरमुकाम खलङ्गामा औपचारिक कार्यक्रम गरेर एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो।
होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।