उत्तर कोरियाले पुनः लामो दूरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
झापाको मुख्य बजार बिर्तामोडस्थित एक कवाडी ग्यारेजमा भएको आगलागी नियन्त्रणमा आएको छ । बिहीबार बिहान सिटी सेन्टर पाछाडि रहेको एक कवाडी ग्यारेजमा लागेको आगो विर्तामोड नगरपालिकाको दमकलसहित स्थानीयको सहयोगामा नियन्त्रणमा आएको हो ।
कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्नुपर्ने गन्तव्य । जहाँ नपुग्दासम्म मन आत्तिने तर पुगिसकेपछि सोही स्थानमा रमाइरहन मन लाग्छ । ढोरपाटन त्यही आकर्षक गन्तव्य हो ।
देशको बढ्दो आर्थिक समस्याका कारण चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको होन्डुरसका एक जना वरिष्ठ कूटनीतिज्ञले बताएका छन् ।
दमक/झापामा नक्कली नोट र लागूऔषध कारोबार गर्दै आएका दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड–४ मेघाबारीबाट एकै परिवारका दुईलाई नक्कली नेपाली र विदेशी नोटसहित पक्राउ गरेको छ ।
काठमाडौँ, चैत २ गते । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ । रासस
ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ । महानगरले बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न स्काई लिफ्टिङको प्रयोग हुने बताएको छ ।
समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।
युएईविरुद्ध नेपालले चार विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशी, दोस्रो विकेट सन्दीप लामिछाने र तेस्रो विकेट दीपेन्द्र सिंह ऐरीले लिनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा सङ्क्रमण देखिन थालेको छ ।
जङ्गल निकै सुनसान थियो । सङ्गीतको धुन बजेको अनुभूत भइरहेको थियो । आफू एक्लो भएको त्यति महसुस भएको थिएन । एक्कासि झ्याप्पै अँध्यारो भयो । छामछाम छुमछुम गर्दै म जङ्गलको बाटो हिँड्दै थिएँ । बाटाका छेउछाउतिर झलमल्ल बत्ती बलेको देखेँ । मलाई लाग्यो, ‘ए बाबा ! यो के भयो ? यस्तो सुनसान वनमा कतै बत्तीको उज्यालो देखिन्छ । कतै सङ्गीतको आवाज आउँछ ।’ सानो छँदा हजुरबाले कथा भनेको याद आयो । उहाँ भन्नुहुन्थ्यो, ‘आपत्विपत्मा भगवान्ले साथ दिन्छन् ।’ साँच्चै हो कि क्या हो जस्तो पनि लाग्यो तर पनि मनमा डर लागिरह्यो । मैले हस्याङ्फस्याङ गर्दै बल्लतल्ल जङ्गलको बाटो काटेँ ।
जनकपुरधामस्थित मणि मण्डपलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न ल्याइएको योजना समयावधि सकिए पनि काम भने सम्पन्न हुन सकेको छैन ।
भाइबहिनी हो ! तिमीहरूलाई बाल अधिकारका बारेमा थाहा छ कि छैन ? के तिमीहरू बाल अधिकारबाट वञ्चित त छैनौँ ? बाल अधिकारका संरक्षणका लागि तिमीहरूले गर्नुपर्ने कर्तव्यहरू के के होलान् ? यी सबै कुराको सङ्क्षिप्त जानकारी आज प्राप्त गर्ने छौ । बाल अधिकार भनेको बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । अर्थात् बाल अधिकार भनेको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासका लागि चाहिने न्यूनतम आवश्यकताहरू जस्तै ः पोषिलो खाना, औषधि उपचार, माया स्नेह, संरक्षण, शिक्षा आदि बाल अधिकार हो । बालबालिकाले स्वयंले आफ्नो अधिकार आफैँ लिन नसक्ने हुँदा उनीहरूको अधिकारको संरक्षण गर्नुु अभिभावकको दायित्व हो । जब बालबालिका हुर्कंदै जान्छन् यस क्रममा विस्तारै उनीहरूले आफ्नो अ