बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो।
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भएर फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि एक सय शृङ्खलाबाट पाँचवटा महत्वपूर्ण घोषणा गरेको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाई अभियान एक सय शृङ्खलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो ।
धुलिखेल–दोलखा अस्पतालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत साखिने आधारभूत विद्यालयका ५५ विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।
चैत १७ गतेबाट रिलिज हुने तयारीमा रहेको फिल्म ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध १० दलको बैठक बालुवाटारमा जारी छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौँ संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबको नमिठो झट्का लागेको छ ।
अफगानिस्तानको सेनाको सङ्ख्या एक लाख पचास हजार पुगेको छ। स्थानीय टिभी च्यानल टोलोन्यूजले बुधबार रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावराज्मीलाई उद्धृत गर्दै जनाएअनुसार देशमा एक लाख ५० हजार जनाको व्यावसायिक एवम् सुदृढ फौज बनाइएको छ।
कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ रौतहटका कृषकहरूको आकर्षण बढेको छ ।
मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीको राष्ट्रिय भेला चैत्र २३ गते विश्व शान्ति तपोवन भूमि लुम्बिनीमा हुने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको छ।
आईसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) ले पपुवा न्युगिनी (पीएनजी) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा युएईले पीएनजीलाई ६ विकेटले हरायो ।