काठमाडौं, चैत १ गते । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबलाई विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबको नमिठो झट्का लागेको छ ।
च्यासल मैदानमा बुधबार भएको खेलमा आर्मी एपीएफसँग १–० गोलले पराजित भयो । लिगमा एपीएफको यो तेस्रो जित हो । एपीएफको जितमा मणि कुमार लामाले गोल गर्नुभयो ।
लामाले ३७औँ मिनेटमा विपिन श्रेष्ठको कर्नर पासमा गरेको गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । आर्मीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।
जितसँगै एपीएफले चार खेलबाट सात अङ्क बनाएको छ । लिगमा पहिलो हार खेपेको आर्मीको समान खेलबाट पाँच अङ्क छ ।