शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत १ गते। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक चैत्र २ गते बिहीबार बस्ने भएको छ।
समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। पार्टीका सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ। मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी हुनुहुन्छ।
बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ।