विगत लामो समयदेखि नेपालमा रासायनिक मलको पर्याप्त आपूर्ति नहुँदा कृषक मारमा परिरहेको कुनै नौलो विषय होइन । कृषिकर्मका निम्ति मलखादको उपयोगिता सायदै कसैलाई बुझाइरहनु पर्ला तथापि रासायनिक मलको अभाव राष्ट्रिय चुनौती बनिरहेको छ । बर्सेनि मलका कथा दोहोरिइरहेको छ र यो पटक त अझ बेग्लै प्रकारले दोहोरिएको छ । बेग्लै कथा मूल्य वृद्धिको मार हो । रासायनिक मल अभावको स्थितिबाट गुज्रिरहेका कृषकलाई मूल्य वृद्धिको मार र भार थपिनु पक्कै पनि सुखद होइन । सरकारले सोमबारदेखि नै लागू हुने गरी सबै प्रकारका रासायनिक मलमा दिँदै आएको अनुदानमा कटौती गर्ने निर्णय
नेपालको संविधानबमोजिम नेपालमा सात प्रदेश, ७७ जिल्ला एवं ७५३ स्थानीय तहको व्यवस्थासहित सङ्घीयता कार्यान्वयन सुरु गरिएको पाँच वर्ष पूरा भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका विधायिका र सरकारले पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकाल सुरुवात गरेका छन् । पाँच वर्षको अनुभवपछि नेपाली जनतामा सङ्घीयताप्रति मिश्रित दृष्टिकोण देखापर्न थालेको छ । कतिपय नागरिकले सङ्घीयतालाई नेपालको दिगो शान्ति, समृद्धि र विकासका लागि अपरिहार्य प्रणालीको रूपमा बुझ्छन् भने कतिपयले यो प्रणालीलाई बोझिलो, खर्चिलो, अनुत्पादक तथा नेपालको मौलिकता विपरीत परनिर्देशित प्रणालीको रूपमा अथ्र्याउने गरेका छन् ।
सन् १८१७ मा संयुक्त राज्य अमेरिकामा एक मुद्दामा प्रधानन्यायाधीश जँन मार्सलको न्यायिक व्याख्यामार्फत कुनै पनि वस्तु वा सेवाको खरिद वा उपभोग गर्नुअघि उपभोक्ता नै सचेत हुनुपर्ने सिद्धान्त प्रतिपादन भएको थियो । सन् १९३२ मा बेलायतको हाउस अफ लर्डस्ले उत्पादित वस्तुको हेलचेक्य्राइँका लागि उत्पादक नै जिम्मेवार हुनुपर्ने मान्यतालाई स्वीका-यो । सन् १९६२ मार्च, १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले कांग्रेसमा ‘कस्टमर बिल अफ राइट’ पेस गरी उक्त विल स्वीकृतपश्चात् उपभोक्ता सन्देश स्वरूप सुरक्षा, सूचना, छनोट र सुनुवाइका चार अधिकार प्रक्षेपण गरिदिएपछि उपभोक्ताका अधिकारको कानुनी व्यवस्थामा वि
भक्तपुर नगरपालिकाले सडक पेटी कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीको सामान र मोटसाइकल जफत गरेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक सडक निर्माणको काम रोकिएको छ। बूढीगङ्गा नगरपालिका–२ को कन्सर्न बाजुरादेखि अम्कोटद्वारीसम्मको झन्डै तीन किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो। सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणको काम सुरु गरिएको भए पनि अहिले अम्कोटका स्थानीयवासीले विवाद सुरु गरेपछि निर्माण रोकिएको हो।
दैलेखको महाबु अस्पताल भवन अलपत्र छ। चार करोड ८२ लाख रुपियाँ लागत अनुमानअनुसारको बजेट अपुग हुँदा अलपत्र परेको हो। चार करोड ६४ लाख रुपियाँमा भवन निर्माण सम्पन्न गर्न आँसु जयमा स्वर्गद्वारी कम्पनीले ठेक्का सम्झौता गरेको थियो। २०७७ असार १७ गते सम्झौता भएकोमा २०७८ असार मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने हो। सम्झौता अवधि सकिए पनि भवनको फिनिसिङ तथा रङरोगनको काम भने अझै बाँकी छ। रनिङ बिल भुक्तानीका लागि प्राविधिक मूल्याङ्कनअनुसारको रुपियाँ नपाएपछि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ। ठेक्काबमोजिमको रकम सुनिश्चित नहुँदा काम सम्पन्न हुन नसकेको पूर्वाधार विकास कार्यालय दैलेखले जनाएको छ।
अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँ अभिनीत चलचित्र ‘ए साथी सुन’को टिजर सार्वजनिक गरिएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जनराको चलचित्रमा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि चलचित्रमा बालकलाकारको भूमिकामा देखिनुभएको छ ।
चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गते आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते प्रदर्शन हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण चलचित्र हल बन्द गरेपछि ‘नीरफूल’को प्रदर्शन मिति रोकिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारका सदस्यहरूले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित चलचित्र फूलमान बलले निर्देशन गर्नुभएको हो । रुवी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ,
साहित्य कला सङ्गम, दमकले सात स्रष्टालाई पुरस्कृत गरेको छ । आगामी चैत २५ गते झापाको दमकमा भव्य कार्यक्रम आयोजना गरी लेखकहरूलाई सम्मान गरिने संस्थाद्वारा प्रेषित समाचारमा जनाइएको छ । भवानी मिश्र पुरस्कारबाट चूडामणि रेग्मी, प्रतिभा पौडेल, मुकुन्द प्रयास, हिक्मत नेम्बाङ, युद्धवीर राणा पुरस्कृत हुनुभएको छ । त्यसैगरी साहित्य कलाश्री पुरस्कारबाट निबन्धकार–नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिएको छ ।
स्लिम र आकर्षक देखिन कसलाई मन हुँदैन र । तौल घटाएर आकर्षक देखिन महिलाले खाना नखाने, कम खाने, विभिन्न औषधि प्रयोग गर्नेजस्ता विविध उपाय अपाउने गरेका पाइन्छ । अधिकांश महिला स्वस्थ र जवान देखिन आफ्नातर्फबाट पूर्ण रूपमा प्रयास पनि गर्छन् तर व्यस्त जीवनशैलीका कारण धेरैलाई फिटनेसमा ध्यान दिने फुर्सद नै हुँदैन । यस्तोमा पहिरनको सही छनोटले छरितो (स्लिम लुक) हुन सकिने भएकाले यससम्बन्धी ज्ञान लिने प्रचलन बढ्दो छ ।
इलाममा ‘फर्स्ट फ्लस’ अर्थात् चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो चरणको टिपाइको चियालाई किसान र उद्योगीले विशेष महत्वका साथ लिने गर्छन् । वर्षभर उत्पादन हुने चियामध्येको सबैभन्दा गुणस्तरीय र राम्रो मूल्यमा बिक्री हुने पहिलो चरणको हरियो पत्तीको मूल्य पनि राम्रै हुने गरेको छ ।
सर्लाहीमा केही दिनदेखि सर्पदंशका बिरामी ह्वात्तै बढ्न थालेका छन्। प्रादेशिक अस्पताल मलङ्गवा र सर्पदंश उपचार केन्द्र नवलपुरमा सर्पले डसेर उपचार गर्न आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ। मलङ्गवा र नवलपुर दुवै स्थानमा अहिले दैनिक आठ/नौ जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन्।
सडक किनारमा लगाएका आँपका रुख मासिँदै गएका छन्। लहान–ठाडी सडकखण्डका आधाभन्दा धेरै रुख मासिए पनि सरोकारवालाको ध्यान पुगेको छैन। चार दशकअगाडि नै निर्माण भएको उक्त सडकको दुई किनारामा लगाएका आँपका फल लाग्ने रुख मासिँदै गएका हुन्। हाँगा दाउराका लागि र पात बाख्रालाई खुवाउन काट्न थालेपछि बर्सेनि रुख मासिँदै जान थालेका हुन्।
हरवा–चरुवा मुक्त घोषणाको नौ महिना बितिसक्दा पनि पुनर्स्थापनाका निम्ति कुनै प्रकारको काम अगाडि नबढाइएको कारण श्रम खोसिएको ठहरमा हरवा–चरुवा अगुवाहरू पुगेका छन्।