हिमाली जिल्ला म्याग्दीको बेनीमा चैत १ गते देखि सञ्चालन हुने म्याग्दी कप–२०७९ आमिन्त्रत फुटबल लिगको तयारी पूरा भएको छ ।
खानेपानीमन्त्री अब्दुल खांन अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन त्यसतर्फ जानुहुने भएको छ।
नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।
सुनसरीको गढी गाउँपालिका–५ मा निःशुल्क सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको छ ।
मानसरोवर बहुमुखी क्याम्पस सिमकोटमा स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएको घोषणा गरिएको छ । क्याम्पसले एक औपचारि कार्यक्रम सञ्चालन गरेर निर्विरोध निर्वाचित पदाधिकारी र सदस्य घोषणा गरेको हो ।
दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी–२० क्रिकेट प्रतियोगिता यही मार्च १८ देखि २५ तारिखसम्म मुलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महरेडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
भरूवा बन्दुक पड्किँदा किशोरको मृत्यु घटनाका फरार ४० वर्षीय आइते रावत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका रावत स्वारा ज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।
अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम सुरु भएको छ।
खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–दिक्तेल सडक खण्ड कालोपत्रेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् ।
लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।
नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।