• १३ असोज २०८१, आइतबार

महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल

blog

महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, फागुन ३० गते ।
सुनसरीको गढी गाउँपालिका–५ मा निःशुल्क सेवा प्रवाह गर्दै आएका  महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको छ । वडामा खोपदेखि आमा सुरक्षा कार्यक्रमसम्मको काम गर्ने तथा स्वास्थ्य आमा समूहका गतिविधिको प्रभावकारीताका लागि सतैरझोराका १० जना महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको हो ।

जिल्लाको साविक सतैरझोरा गाविस हुँदै हालसम्म नयाँ संरचनाको वडामा परिणत हुँदा समेत कार्यरत १० जना महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको वडा अध्यक्ष चन्द्रकुमार सरदारले जानकारी दिनुभयो ।

गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रोत्साहन स्वरुप स्वयमसेविकाहरुलाई साइकल वितरण गरिएको गढी स्वास्थ्य शाखा प्रमुख राजेन्द्र यादवले जानकारी दिनुभयो ।

महिला स्वास्थ्य स्वयमसेविकालाई गढीका अध्यक्ष आशनारायण चौधरीको उपस्थितिमा साइकल वितरण गरिएको थियो ।