डोटीमा जीप दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ सिलगढीस्थित अदालत मोडमा जीप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आगामी वैशाख १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म 'नाइँ नभन्नु ल ६' को गीत 'दिउँला माया' सार्वजनिक गरिएको छ ।
देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)को १४औँ राष्ट्रिय समितिको पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ ।
नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठ १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ । खुलातर्फ सिंगल्सको पुरुषमा संयोग र महिलामा नवीता पहिलो हुनुभएको हो ।
इतिहास शिरोमणि बाबुराम आचार्यको १३६ औँ जन्मजयन्तीका अवसरमा बाबुराम आचार्य र नेपालको इतिहास विषयक प्रवचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान र बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको छ ।
प्यालेस्टाइनमा सम्पन्न एएफसी यू–२० महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली मङ्गलबार बिहान स्वदेश फर्किएको छ ।
निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।
सल्यानमा सिकार खेल्न गएका एक जनाको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेक्नुभयो । उहाँको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ । युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन थापा पुग्नुहुन्छ ।
बाजुराको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक मार्गले गति लिन सकेको छैन ।
नेपाली बालसाहित्य सिर्जनामा स्थापित नाम हो अनुराधा । उहाँका विभिन्न विधाका दुई दर्जन जति कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख रचना नियमित रूपमा प्रकाशित हुने गर्दछन् । हालै उहाँको पुस्तक The Story of Babur – Prince, Emperor, Sage लाई UK को प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘द गार्डिअन’ ले आफ्नो ‘उत्कृष्ट नयाँ चित्र पुस्तकहरू र उपन्यासहरू’को सूचीमा पनि राखेको छ । उहाँका कृतिहरू उर्दु, रसियन, हिन्दी र अन्य भाषामा पनि अनुवाद भएका छन् । अनुराधा लेखक हुनुका साथै बालपुस्तक अनुवादक तथा सम्पादक पनि हुनुहुन्छ । नेपाली बालसाहित्य सिर्जनामा अतुलनीय योगदान गरिरहनुभएका अनुराधासँग अक्सिडेन्टल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा आयुष्मा तिवारीले गर्नुभएको कुराकानीको केही अंशः
आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।