भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन। तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी २२० मिटर लम्बाइको ‘प्रिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभीले २०७४ सम्म निर्माण सम्पन्न गरिसक्नुपथ्र्याे। २०७१ कात्तिकमा तीन वर्षमा सक्ने गरी सम्झौता भए पनि कार्य सम्पन्न गर्ने समयावधिसम्म पुल निर्माणको काम नै सुरु गर्न सकेको थिएन।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ दिच्याम स्थित भगवती आधारभूत विद्यालयमा शुक्रवार सञ्चालित शिविरमा १०९ वर्षीय ओमलाल निउरेले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्नु भएको छ । शिविरमा युवादेखि पूर्ण रुपमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक तथा अन्य विभिन्न समस्या भएका, सिकिस्त बिरामी समेत शिविरमा पुगेर सेवा लिइरहेका छन् ।
सिन्धुली जिल्लामा स्थानीय तहले गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचको सुविधा दिन थालेका छन्। मातृशिशु सुरक्षाका लागि गर्भवतीलाई गाउँमै स्वास्थ्य जाँचसहित विभिन्न सुविधा उपलब्ध गराउन थालेको स्थानीय तहले जनाएका छन्। पालिकाले गर्भवतीलाई गाउँमा स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएपछि स्वास्थ्य संस्था खोज्दै जिल्ला सदरमुकाम र सहरी क्षेत्र धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर, पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकाका बासिन्दालाई समयमै खानेपानी सुविधा उपलब्ध गराउने उद्देश्यले तीनवटा ठूला खानेपानी आयोजना निर्माण भइरहेको छ। तीन स्थानीय तहमा सञ्चालन भएका तीनवटा खानेपानी आयोजनाले खानेपानीको समस्यामा रहेका आफ्ना स्थानीय तहका बासिन्दालाई आगामी एक वर्षभित्र खानेपानीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएका छन्।
चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइनखोलामाथिको पहाड फुटाउन विस्फोट गरिने भएको छ । नयाँ पुल निर्माणका लागि डोजरबाट पहाड फोड्ने काम सम्भव नभएपछि बारुदले विस्फोट गरेर फुटाउने अनुमति लिने काम अन्तिम चरणमा पुगेकाले चैत दोस्रो साताबाट काम हुने नागढुङ्गा–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । मेसिनबाट पहाड फुटाउने काम गर्न दुई महिना १५ दिन मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द गरेर काम गरिएको थियो ।
सरकारले विदेशी पर्यटकलाई एकल पदयात्रामा जान प्रतिबन्ध लगाउने निर्णयप्रति विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् । यसअघि पर्यटक एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा आउँदो चैत १८ (अप्रिल १) देखि पर्यटकका साथमा अनिवार्य पथप्रदर्शक हुनैपर्ने निर्णयप्रति पर्यटकले निराशा व्यक्त गर्न थालेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बेलायती नागरिक (पुरुष)को आवरणमा नेपाली युवतीलाई ठगी गरेका ललितपुरको महालक्ष्मी नगरपालिका–१ की अञ्जली बिसुन्केलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट आफू बेलायती नागरिक फ्य्राङ्कलिन पाउलको परिचय दिई बिसुन्केले विभिन्न नेपाली युवतीसँग कुराकानी गर्ने गरेको खुलेको छ । परिचय गर्नेक्रममा अञ्जली बिसुन्केले आफ्नो बेलायती श्रीमतीको मृत्यु भइसकेको र नेपाल आएर विवाह गर्ने भन्दै युवतीलाई प्रलोभनमा पारी ठगी गर्ने गरेको पाइएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ। उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो।
गोरखामा ट्रक दुर्घटना हुँदा सोमबार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय निजामती ऐन र शिक्षा ऐन तथा प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको बताउनुभएको छ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाइ दिएका छन्।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ ।
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ प्रतियोगिता सुदूरपश्चिममा चैत २९ र ३० गते हुने भएको छ ।
मुस्ताङ जिल्लाको एतिहासिक गाउँ मार्फामा फागुन पूर्णिमा (तेर्मी पर्व) मा रमाउँदै स्थानीय महिला ।
“म असाध्यै खुसी छु उहाँ (राष्ट्रपति रामचन्द्र पौडेल) को राम्रो सेवा गर्न पाएकोमा । जेलबाट निस्किएर सभामुख बन्नुभयो, पटकपटक मन्त्री हुनुभयो तर विगतको दुःख कहिल्यै भुल्नु भएन ।