नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी राष्ट्रपति भवनबाट बिदा हुनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीको कुनवारमा सात करोडको लगानीमा आधुनिक च्याउ उद्योग स्थापना गरिएको छ ।
राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुँदै छ । निर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहणका लागि राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरिएको छ ।
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार दिनुभएको जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्त्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष आगामी चैत १३ गतेदेखि सुरु हुँदैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार सङ्घीय शिक्षा ऐन जारी गर्न गृहकार्यमा रहेको बतउनुभएको छ ।
कालीकोट जिल्लाका स्थानीय तहहरुले बालबालिकाको क्षेत्रमा बनाएका नीति, रणनीति, कार्यविधि, संरचना, बजेट तथा क्रियाकलापको वर्तमान अवस्थासँगै दिगोपनाका लागि आगामी योजनाका बारेमा सरोकारवालासँग सिकाई आदाप्रदान गर्न थालेका छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण समारोहमा आफूसँग बन्दी जीवन बिताएका राजनीतिककर्मीहरूलाई आमन्त्रण गर्नुभएको छ ।
सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले ९६ रनको सहज लक्ष्य दिएको छ ।
इरानले अमेरिकासँग दुवै देशका जेलमा रहेका आफ्ना र अमेरिकी नागरिकहरुको साटासाटको सहमति भएको जनाएको छ । इरानका विदेशमन्त्रीले सो कुराको जानकारी दिनुभएको हो ।
चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रू. छ सयले बढेको छ ।