युवा पुस्तामा ‘फेसनेबल’ तथा अरूभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको एक चिम्टी छालामा सानो प्वाल पारेर गहनालाई स्थायी रूपमा राखिन्छ । यसरी राखिएको कुनै पनि गहना सहजै फुकाल्न वा फेर्न भने सकिँदैन । काठमाडौँकी रिनी गुरुङले घाँटीमा डर्मल गराउनुभएको छ । घाँटीमा चम्किलो वस्तु देखिनु यसको विशेषता हो ।
बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ। आधुनिक कृषि प्रणालीसहितको समायोजन केन्द्र (सेन्टर अफ एक्सिलेन्ट) बनाउने उद्देश्यले बर्दिबासमा स्थापना गरिएको ‘मोडेल एग्रो भिलेज’अन्तर्गतको यो महत्वाकाङ्क्षी परियोजना हो। यसका लागि बर्दिबास–७ स्थित किसान नगरमा ‘बागवानी उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सिलेन्स फर हर्टिकल्चर) निर्माणाधीन छ।
कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आइतबार आह्वान गरिएको प्रदेश बन्दले पूर्वी नेपालको जनजीवनमा आंशिक प्रभाव परेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दले कोशी प्रदेशका अधिकांश जिल्लामा जनजीवन आंशिक प्रभावित बनेको हो।
रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।
भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन्। भारत सरकारद्वारा गत २०७७ चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँको लागतमा केही विद्यालय पुनर्निर्माण भएका छन्। बन्दाबन्दीको समयमा पनि धमाधम पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये भीम मावि दोलखा, कालीढुङ्गा मावि मिर्गे र गुप्तेश्वर मावि मालु मात्र सम्पन्न भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो।
आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो ।
त्रिशूली नदीको प्राकृतिक बहाव नै परिवर्तन गरी निर्माण कम्पनीले उत्खनन गर्ने काम हाल रोकिएको छ। चितवनको इच्छाकामना गाउँपालिका कुरिनटार र शहीद लखन गाउँपालिकाले वडा नं. ४ ठेउवाटार भएर बगेको त्रिशूली नदीको सामग्री झिक्नका लागि ठेक्का पाएको कम्पनीले वातावरणलाई असर गर्ने गरी उत्खनन गरेपछि रोकिएको हो। फागुन १० गते गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि चौतर्फी दबाब भएको थियो। स्थानीयवासी, इच्छाकामना गाउँपालिका, सांसदको विरोधपछि गोरखाको शहीद लखन गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गरी उत्खनन कार्य तत्काल नगर्न रोक लगाएको छ।
दोलखाको भीमेश्वर नगरपालिका र ह्यापी स्माइल हेल्थ फाउन्डेसनको साझेदारीमा नगरभित्रका सामुदायिक र संस्थागतका विद्यालयहरूका विद्यार्थीहरूको दन्त परीक्षण सुरु भएको छ ।
स्वास्थ्य बीमा लागू भएका अस्पतालमा आइतबार प्राविधिक समस्याले गर्दा हजारौँ बिरामी उपचारबाट वञ्चित भएका छन्। उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर, कोशी, नारायणीलगायतका प्रमुख केन्द्रीय अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउने बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन्।
सबैका लागि खेदकुद भन्ने नाराका साथ खेल गतिविधि र खेल शिक्षा अभियान सञ्चालन गर्दैआएको मदन भण्डारी स्पोर्टस एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गर्नुभएको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका आङ्गिकतर्फ आठ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेको छ ।
कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालका राजनीतिक शक्तिको मौलिक पहलले आफ्नो मुलुकमा शान्ति स्थापना सम्भव भएको बताउनुभएको छ ।