१. नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपति पदमा कहिले चयन हुनुभएको हो ? वि.सं. २०७९ फागुन २५ – पौडेलले फागुन २९ मा पद तथा गोपनीयताको सपथ ग्रहणसँगै पदभार सम्हाल्नुभएको । – राष्ट्रपति पदका लागि फागुन २५ मा भएको निर्वाचनमा पौडेलले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको । – मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ ह
राष्ट्रिय गौरव आयोजनाका समस्या १. प्रदेश लोकसेवा आयोग गठनका आधारहरू उल्लेख गर्नुहोस् । प्रदेश निजामती सेवा, स्थानीय सेवा तथा प्रदेश तथा स्थानीय तहमा अन्य विभिन्न सरकारी सेवाका पदमा योग्य उम्मेद्वारको नियुक्तिका लागि सिफारिस गर्न प्रत्येक प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन गरिने व्यवस्था छ । आयोगको गठनका आधार एवं मापदण्डहरू सङ्घीय कानुनबाट व्यवस्थित हुने संवैधानिक प्रावधानअनुरूप प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) ऐन, २०७५ जारी भई कार्यान्वनयमा रहेको छ । यस ऐनबमोजिम प्रदेश लोकसेवा आयोगको गठनका निम्न आधारहरू नि
धनकुटाको कुल जनसङ्ख्याको आधाभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका छन्। २०७९ माघ महिनासम्म ८८ हजार १०५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण भरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यो धनकुटाको कुल जनसङ्ख्याको पचास प्रतिशतभन्दा बढी हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न चाहने चिनियाँ कम्पनीलाई सबै वैधानिक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाल–चीन बिजनेस फोरम’मा नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको र आवश्यक परे थप सहज बनाउन पनि तयार रहेको उहाँको भनाइ थियो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नयाँ महासचिवको नियुक्ति प्रक्रिया सुरु भएको छ। सार्कको नियमअनुसार महासचिवको पालोमा अफगानिस्तान रहे पनि उसको वर्तमान सदस्यताको विषय सर्वस्वीकार्य नभएका कारण नयाँ महासचिव बङ्गलादेशका लागि प्रस्ताव भएको छ।
कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । २०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो । पुस्तकलाई कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, प्रमुख अतिथि प्रा। डा। माधव पोखरेल, तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल तथा कवि भवानी खतिवडा स्वयंले सार्वजनिक गरेका थिए ।
विदेशी नागरिकलाई समेत ठगी गरेर नेपालमा रकम ल्याएको अभियोग लागेका पृथ्वीबहादुर शाहसहित छ जनालाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार सोमबार थुनछेक आदेश भएको हो। शाहसहितका अभियुक्तलाई कारागार कार्यालय जगन्नाथदेवल चलान गरिएको दाहालले बताउनुभयो।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले स्थानीय तहको सेवामा नियुक्त भएका कर्मचारी पनि प्रदेश र सङ्घीय निजामती सेवामा बढुवाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गर्न माग गरेको छ। उक्त व्यवस्था सङ्घीय निजामती सेवा ऐनमा नै राख्न महासङ्घले सरकारसमक्ष माग गरेको हो। मङ्गलबार महासङ्घका पदाधिकारीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र बुझाउँदै सो व्यवस्था ऐनमा राख्न माग गरेका छन्।
उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने गरी मङ्गलबार मध्यरातिदेखि प्रचारप्रसार निषेध अवधि सुरु भएको छ। यही चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनभन्दा ४८ घण्टाअघिदेखि लागू हुने गरी सो अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने बताउनुभयो।
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार (चैत १ गते) का लागि बोलाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे नियुक्त हुनुभएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी चिनफिङले बधाई दिनुभएको छ ।
दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन्।
गणित (म्याथ) विषयलाई प्रयोगात्मक र जीपनोपयोगी बनाउन म्याथ पार्क निर्माणको सुरुवात गरिएको छ ।
घरेलु टोली बंगलादेशले सन् २०२२ को विश्वकप विजेता इङ्ल्यान्डविरुद्ध तीन खेलको टी–२० सिरिजमा ‘क्लीन स्वीप’ गरेको छ ।