• १३ साउन २०८१, आइतबार

एमाले राष्ट्रिय सभा दलको नेतामा दाहाल र प्रमुख सचेतकमा श्रेष्ठ मनोनीत

blog

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सहभागी एमाले शीर्ष नेता ।

काठमाडौं, फागुन ३० गते । नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ। 

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  जानकारी दिनुभएको हो । उहाँले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनीत हुनुभएको बताउनुभयो। 

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनीत गर्नुभएको छ। त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त  हुनुभएको छ।

उहाँले भन्नुभयो, ‘‘दलको नेतामा म आफैँ छँदैछु। उपनेतामा सुवासचन्द्र नेम्वाङ मनोनीत हुनुभएको छ। प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला नियुक्त हुनुभएको छ। राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्ने गरी देवेन्द्र दाहाल मनोनीत हुनुभएको छ भने प्रमुख सचेतकमा भैरव सुन्दर श्रेष्ठ मनोनयन हुनुभएको छ। सदनमा आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ।’’ 

अध्यक्ष ओलीले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराउनुभएको हो।