• १३ असोज २०८१, आइतबार

किशोर मृत्यु घटनाका फरार रावत पक्राउ

blog

फाइल तस्बिर

प्रतीक इच्छुक शर्मा
सल्यान, फागुन ३० गते ।
भरूवा बन्दुक पड्किँदा किशोरको मृत्यु घटनाका फरार ४० वर्षीय आइते रावत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका रावत स्वारा ज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले पक्राउ परेका रावतलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको र कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार  सोमबार बेलुकी शिकार खेल्न घर नजिकैको जङ्गलमा गएको समयमा आइते रावतले बोकेको बन्दुक एक्कासि पड्किँदा साथमा गएका १६ वर्षीय किशोर चित्रबहादुर रावत घाइते हुनुभएको थियो । उहाँको उपचारका लागि प्रदेश अस्पताल कारागाउँ सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

बन्दुक पड्किँदा रावतको पेट र घाँटीमा गोली लागेको थियाे । किशोर चित्रबहादुर रावतको मृत्यु भएपछि आइते रावत फरार भएका थिए । रावतले बोकेको भरुवा बन्दुक भने अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।