पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. १ ले दुईभन्दा बढी सन्तान जन्माउने परिवारलाई प्रोत्साहन भत्ता दिने योजना अघि सारेको छ ।
प्युठानमा ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा रहेका धान खेती हुने खेतहरुमध्ये ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले जनाएको छ ।
उत्तरपूर्वी कम्बोडियाको रतनकिरी प्रान्तमा चामलको विषाक्त मदिरा पिएका चार जनाको मृत्यु भएको छ । उच्च मात्रामा मिथेनोल भएको मदिरा पिएका पाँच जनामध्ये चार जनाको ज्यान गएको सरकरी अधिकारीहरूले बताएका छन् ।
धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ धनकुटालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वरमा सजिएको ‘नदेख्दा तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सडकले सुविधा दिन्छ कि सास्ती ? विकासको आधारभूत सर्त मानिने सडकले सुविधा दिनुपर्ने हो, तर रिब्दिकोट गाउँपालिकाको क्षेत्रमा पर्ने सडक सर्वसाधारणका लागि सुविधाभन्दा पनि बढी सास्ती बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो ।
अर्घाखाँचीको पणेनामा आज (मङ्गलबार) बिहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।
सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
नरेन भट्टले अविजित सतकीय इनिङ्स खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर फस्दा डिजल ड्रम बाढीमा बगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।
मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।