धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी स्थानीय सरकारको नेतृत्व तहमा आफ्नो समुदायबाट पुग्ने सम्भवतः पहिलो व्यक्ति हुनुहुन्छ। मध्यपहाडी राजमार्ग आसपासमा सरकारले विकास गरिरहेको प्रमुख १० सहरमध्ये एउटा हो, रुकुमपश्चिमको चौरजहारी नगरपालिका। उहाँले सो नगरपालिकाको नेतृत्व गरेको पनि एक वर्ष बितेको छ। उत्पीडित वर्गको प्रतिनिधित्वका रूपमा स्थानीय सरकारको नेतृत्व गरिरहेका वादीले सहरोन्मुख नगरवासीका विकाससम्बन्धी असीमित चाहनाको सम्बोधन गर्नुपर्ने चुनौती पनि सा
पृथ्वीराज मार्गको विस्तारको काम अन्तर्गत पोखरा–मुग्लिङमा पर्ने पश्चिम खण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा आठ प्रतिशत मात्रै काम पुरा भएको छ । पूर्वी खण्डको काम भने सन्तोष जनक छ । जुन रूपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभए पनि ३० प्रतिशत काम भने पुरा भएको छ ।
कैलालीका स्थानीय तहमा भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी बनाउन जग्गा नाप नक्साको काम धमाधम सुरु हुन थालेको छ । घोडाघोडी नगरपालिकाले वडा नम्बर १२ बाट जग्गा नाप नक्साको काम सुरु गरेको हो । छोटो समयमा पालिकाको वडा नम्बर ११ र १२ को काम पूरा गरेर यही आइतबारबाट वडा नम्बर ४ मा जग्गा नाप नक्साको काम सुरु भएको छ । नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले वडा नम्बर ४, मैतुवा गाउँका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि जग्गा नाप कार्य शुभारम्भ गरिएको बताउनुभयो ।
बाजुराका अधिकांश स्वास्थ्य चौकी गाउँबस्तीभन्दा धेरै टाढा छन् । ती गाउँबस्तीमा पुग्न झन्डै एक दिन लाग्छ । हातमा औषधी, काखमा लुगा र पिठिउँमा सन्तान बोकेरै गाउँबस्ती धाउनु पर्ने स्वास्थ्यकर्मीको बाध्यता रहेको छ । केही वर्षअघि स्थानीय सरकारले ती गाउँबस्तीमा सडकको पहुँच पु-याएको थियो तर सडकको मर्मत सम्भार नहुँदा स्वास्थ्यकर्मी खोप लगाउन हिँडेरै जाने गरेका छन् । बाढीपहिरोले ती गाउँमा जोडिएका सडक सबै तहस नहस भएपछि स्वास्थ्यकर्मीलाई वल्लो गाउँबाट पल्लो गाउँमा जान ज्यानै जोखिम राख्नु परेको छ ।
मोहना नदीले फेरि कटान गर्न थालेपछि कैलालीको शिवरत्नपुरवासी चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् । कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँलाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।
यहाँका अस्पतालमा बिरामीको बढ्दो चापका कारण रगतको माग धान्नै मुस्किल हुन थालेको छ। रक्त सञ्चार केन्द्र रुपन्देहीका अनुसार रगतको माग र आपूर्तिमा ठुलो अन्तर छ। अस्पतालहरूमा बिरामीको चाप बढेसँगै रुपन्देही र आसपासका जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा रगत अभाव भएको केन्द्रको भनाइ छ।
विद्युतीय गाडी सञ्चालनमा सहजता ल्याउन लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको छ । जिल्लाभित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठुला सवारीसाधनलाई हेरेर लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
पर्वतको फलेवास नगरपालिकाको नगर शिक्षा शाखाले आफूले तोकेका पुस्तक सीमित स्टेसनरीमा मात्र खरिद गर्न निर्देशन दिएको पाइएको छ। विद्यालयले आफैँ खरिद गर्न सक्ने नियम हुँदाहुँदै पनि नगर शिक्षा अधिकारीले तोकेकै ठाउँमा पुस्तक खरिद गर्नुपर्ने बाध्यता सिर्जना गरिएपछि विद्यालयले समेत रोजेको ठाउँमा पुस्तक खरिद गर्न सकेनन्।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्न लगानी बढाएको छ। सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु-याउँदै आएकाले नगरपालिकाले वन्यजन्तुबाट हुने क्षति रोक्नका लागि विशेष पहल थालेको हो। सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिका १ र १७ गरी दुई वडामा कङक्रिटसहितको मेसजाली लगाउनेसहित ८० प्रतिशत निर्माण सकिएको बताउनुभयो।
गाउँघरमा बाँदरले हैरानी पारेपछि किसानले धेरै दुःख पाइरहेका बेला गण्डकी विश्वविद्यालय र राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रविधिको विकास गरेका छन्। स्थापनाको छोटो समयमा नै अनुसन्धान, अन्वेषण तथा आविष्कारका गतिविधि प्रवर्धन गर्दै शिक्षण, अनुसन्धान र समुदायमा आधारित उपयोगी अनुसन्धान कार्य अन्तर्गत उक्त प्रविधि निर्माण गरिएको गण्डकी विश्वविद्यालयका राजिस्ट्रार कैलाश तिमिल्सिनाले बताउनुभयो।
खहरे खोलाले बाटो बिगारेपछि सर्लाहीको उत्तरी चुरेभेगका स्थानीयको दैनिकी कष्टकर बनेको छ। वर्षाले बाटो बिगारेपछि उत्तरी सर्लाहीका नारायण खोला, शिर कालिञ्जोर, पिपलदमारलगायतका क्षेत्रमा यातायातका साधन ठप्प भएका छन्। हिउँद यामभर खोलाको बगरबाट सञ्चालन हुने बस, जिपलगायतका सवारीसाधन अहिले बन्द भएका छन्। हिउँदमा गाडी गुड्ने खोलाको बाटोमा अहिले बाढी बगिरहेको छ। यातायात ठप्प हुँदा स्थानीयलाई औषधोपचार तथा खाद्यान्न किन्न बजारसम्म आउजाउमा समस्या परेको बताइन्छ।
लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मानव अङ्गदानपछि एक व्यक्तिबाट अर्को व्यक्तिमा गरिने प्रत्यारोपणमा समेत लैङ्गिक विभेद हुने गरेको पाइएको छ। नेपालमा हालसम्म एक हजार जनामा मिर्गौला प्रत्यारोपण हुँदा मिर्गौलादातामा पुरुषभन्दा महिला बढी पाइनुले अङ्गदानमा समेत लैङ्गिक विभेद देखिएको हो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यहाँ आयोजना गरेको कार्यक्रममा केन्द्रले मिर्गौला प्रत्यारोपण सुरु गरेको १० वर्षमा एक हजार ७८ जनामा मिर्गौला प्रत्यारोपण भएको जानकारी दिएको छ। यो प्रत्यारोपणमा महिला दाता ७२ प्रतिशत छन् भने पुरुष दाता २८ प्रतिशत छन्। मिर्गौला प्रत्यारोपण गरिएका कुल व्यक्तिमध्ये महिला २८ प्रतिशत मात्र छन्।