हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ । कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको हो ।
नेपालमा २०४७ को संविधानले प्रेस स्वतन्त्रता सुनिश्चित गरेपछि छापा तथा विद्युतीय सञ्चार माध्यममा यस क्षेत्रको आकर्षण बढ्यो। सञ्चार माध्यमलाई उद्योगका रूपमा चलाउन ठुलो लगानी आएपछि कैयौँ सञ्चारकर्मीको यो क्षेत्रमा प्रवेश भयो तर श्रमजीवी पत्रकारको भर्नादेखि अवकाशसम्मको दायित्वका बारेमा लगानीकर्ताले वास्ता नै गरेनन्। केही सञ्चारकर्मीले समुचित पारिश्रमिक पाए पनि धेरै जसोले जीवन धान्न पनि नपुग्ने पारिश्रमिकमा काम गर्नु प-यो। त्यो पनि समयमा नपाउने, कस्तो पीडा ? खान लाउन नै नपुग्ने भएपछि त्यसले पत्रकार आचारसंहिताको पालनामा पनि विकृति ल्याउने नै भयो। स्वच्छ र स्वस्थ सञ्चार क्षेत्र विकास हेतु श्रमजीवी
सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीमा नहरले बगाएर एक बालकको मृत्यु भएको छ ।
आजभोलि बजारमा खाद्य पदार्थ, तरकारी र फलफूलको मूल्य बढेको अनुभूति गरिँदै छ। जनजीवन कष्टकर हुँदै छ, आपूर्ति प्रणाली खुम्चँदै छ। समयमा वर्षा नहुनु, भए पनि पर्याप्त नहुनु र भएको ठाउँमा पनि अनियमित ढङ्गले वा अतिवृष्टि वा खण्डवृष्टि हुनु मूल्य बढ्नुका आधारभूत कारण हुन्। पानीका भएका मुहान सुके, बाह्रै महिना सिँचाइ हुने गरी पूर्वाधार निर्माण हुन सकेन । परेको पानी अड्याउने परम्परागत प्रणाली भत्कँदै र बिग्रिँदै गयो, नयाँ प्रणाली स्थापित हुन सकेन। हिजोका आहाल, पोखरी, कुवा, कुला, खेतका गरा प्रणाली, सिमसारसमेतका जमिनमा चिस्यान बढाई रसिलो पारी राख्ने व्यवस्था विस्थापित भयो।
जग्गा मूल्याङ्कन कार्यलाई संसारमै महत्त्वपूर्ण मानिने गरिन्छ। किनभने कुनै पनि देशमा कर प्रणालीको विकास र रियल स्टेट बजारको विकासका लागि यो अपरिहार्य मान्ने गरिन्छ। दक्षिण अफ्रिकामा निजी जग्गा मूल्याङ्कनसँगै सार्वजनिक जग्गाको मूल्याङ्कन हुन्छ। निजी र सार्वजनिक दुवै जग्गाका सरकारले पूर्वाधारको समान स्तरको विकास गर्दछ। त्यसैले सार्वजनिक र निजी जमिनमा एउटै नियम लागु हुन्छ। कुबेतमा पनि यस्तै देखिन्छ।
बाह्र महिनामध्ये कार्यबोझ बढी हुने महिना असारलाई मानिन्छ। मुठीबाट मुरी फलाउने महिनाका रूपमा असार महिनालाई लिइन्छ। सबै क्षेत्र र वर्गको कार्यबोझ असार महिनामा बढी नै भएको देखिएको छ। शासकीय कार्यबोेझसँगै नागरिकले वर्षाको सुरुवात हुने महिना भएकाले विपत् जोखिममा सतर्कता अपनाउने महिना पनि हो असार। नागरिक,
संविधानले सङ्घीय लोकतान्त्रिक नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गरी स्थानीय तहलाई बृहत् अधिकार र जिम्मेवारी प्रदान गरेको छ। स्थानीय तहमा हाल छ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ वटा स्थानीय सरकार छन्। सबै स्थानीय सरकार संविधान तथा कानुनबमोजिम राज्यशक्तिको प्रयोग गर्दै नागरिकको सेवा, सन्तुष्टि र सुशासनमा केन्द्रित छन्।
महिला तथा सामाजिक समितिका सभापति रोशन कार्कीले अपाङ्गता भएका महिलाले भोग्नुपरेको हिंसा, विभेद न्यूनीकरणका लागि सरोकारवालासँग बसेर समितिमा छलफल गर्ने बताउनुभएको छ ।
सन् १९५७ मा भारतको जम्मुबाट काठमाडौँ आइपुग्नुभएको थियो सरदार प्रितम सिंह । ट्रक चालकका रूपमा २२ वर्षको उमेरमा काठमाडौँ आएका सरदार सिंहले नेपालको यातायातका क्षेत्रमा व्रmान्तिकारी रूपान्तरण आरम्भ गर्नुभयो । ६६ वर्षपछि उहाँको जीवन यात्राका सङ्घर्ष र सफलताका प्रेरणादायी कथा समेटिएको पुस्तक ‘रोड्स टु दी भ्याली’ सोमबार सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार सिंहकी छोरी किरणदीप सान्धुद्वारा लिखित ‘रोडस् टु दी भ्याली’ विमोचन गर्नुभएको हो ।
तीन नवोदित लेखकका तीन कृति पुरस्कृत भएका छन् । २०७९ सालभर प्रकाशित नवोदित लेखकका काव्य, आख्यान र गैरआख्यान कृतिलाई साहित्यपोस्ट उत्तम काव्य, साहित्यपोस्ट उत्तम आख्यान तथा साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका संस्थापकद्वय उत्तमप्रसाद पन्त र उत्तम भौकाजीको उपस्थितिमा पुरस्कृत कृतिको घोषणा र पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । काव्यतर्फ प्रदीप रोदनको गजल सङ्ग्रह ‘मफलर’ आख्यानतर्फ हरिबोल काफ्लेको उपन्यास ‘यशोधरा’ र गैरआख्यानतर्फ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ ले प्राप्त गरेका हुन् ।
बर्दियाको बाँसगढीमा तीनदिने थारू लोक चित्रकला तथा मूर्तिकला प्रशिक्षण सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र जासु कला केन्द्रको संयुक्त आयोजनामा भएको प्रशिक्षणको उद्घाटन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले गर्नुभयो । उहाँले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उपत्यका बाहिर पश्चिम नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गरेको बताउँदै प्रतिष्ठान रैथाने कला संस्कृतिको संरक्षण तथा संवर्धनका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले प्रतिष्ठानले बाँसगढी नगरपालिकालाई पहिलो प्राथमिकता दिई थारू लोककला, संस्कृतिको संरक्षणमा उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गर्ने ‘हाइवे’ तथा ‘ह्वाइट सन’ फेम निर्देशक दीपक रौनियारले निर्देशन गर्ने चलचित्र ‘राजागन्ज’ मा मिस नेपाल–२०१७ की निकिता चाण्डकले अभिनय गर्नु हुने भएको छ । चाण्डकले ‘साङ्लो’ चलचित्रपछि दोस्रो चलचित्रमा अभिनय गर्न लाग्नुभएको हो ।
करमा दर्ता भएका विभिन्न २८ हजार ३५३ करदाताको दर्ता खारेज भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार व्यावसायिक, व्यक्तिगत र करकट्टी गर्ने निकायको गरी हालसम्म सो सङ्ख्या बराबरको दर्ता खारेजी भएको हो । जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६, व्यक्तिगत स्थायी लेखा नम्बरले १२ हजार ६३५ र करकट्टी गर्ने निकायले लिएको दुई वटा स्थायी लेखा नम्बर खारेज भएको छ ।
सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । गत वर्ष सो अवधिमा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण आगामी भदौ (सेप्टेम्बर) मा हुने बताउनुभएको छ। उहाँले सोमबार धनगढीमा नेपाल प्रेस कैलालीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीको चीन भ्रमणबाट सकारात्मक फाइदा लिनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, चीनको विकासको छलाङबाट हामीले सकारात्मक फाइदा लिनुपर्छ।