बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो लागतभन्दा कम मूल्यमा बिक्री गर्नु परेको हो ।
राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
पाकिस्तानमा नक्कली प्रहरी मुठभेडका घटना बढेकामा नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । दैनिक समाचारपत्र डनका अनुसार नक्कली मुठभेडका घटना देशमा सामान्य बन्दै गएका छन् ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि आज (मङ्गलबार) बाट मन्त्रालयगत रुपमा छलफल सुरु हुने भएको छ ।
राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।
राजकुमार सिद्धार्थले राजकीय जीवनसहित राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण व्युताई पर्यटकीय आकर्षण बढाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाइएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताउनुभयो ।
पछाडि परेको समुदायको आयस्तर परिवर्तनको लागि तनहुँमा ‘‘विपन्न बस्तीमा मुख्यमन्त्री’’ कार्यक्रम सञ्चालन गरिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिटो चयन गर्ने सहमति जुटेको छ ।
जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।
गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधिन धनसार भत्किँदा एक महिलाको ज्यान गएको छ । जङ्गबहादुर बरामको निर्माणाधिन धन्सार भत्किदाँ उहाँकी श्रीमती ४१ वर्षीय मिना बरामको ज्यान गएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।