• २३ वैशाख २०८१, आइतबार

एकदिवसीय विश्वकप छनोट : नेपाल आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, असार १९ गते । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा आयल्यान्डले टस जितर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्न लागेको हो । आयरल्यान्ड टेस्ट मान्यता प्राप्त टोली हो । नेपालले सातौं स्थानका लागि आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो ।

नेपालले आज यूएईविरुद्धको खेलमा टोलीमा रहेका प्रतिस जिसी र आरिफ शेखको स्थानमा किशोर महतो र कुशल मल्ललाई मौका दिएको छ । 

दीपेन्द्रको ५०औं खेल 

आयरल्यान्डविरुद्धको यस खेलसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफ्नो ५०औं एकदिवसीय खेल खेल्नुभएको छ । नेपालका लागि ५०औं एकदिवसीय खेल खेल्ने दीपेन्द्र दोस्रो नेपाली खेलाडी हुनुहुन्छ ।

यसअघि आइसीसी एकदिवसी विश्वकप छनोट खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले ५०औं खेल पूरा गर्नुभएको थियो । दीपेन्द्र र रोहितपछि नेपालका लागि धेरै एकदिवसीय खेल खेल्ने खेलाडीमा सन्दीप लामिछानेले ४९ र आरिफ शेख र सोमपाल कामी ४७/४७ हुनुहुन्छ ।

आयरल्यान्डविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो ।