चालु आर्थिक वर्षको ११ महिनामा स्वदेशी र विदेशी गरी २८३ नयाँ उद्योग दर्ता भएका छन् । स्वदेशी तथा विदेशी लगानीका यी नयाँ उद्योगहरूमा प्रस्तावित लगानी दुई खर्ब तीन अर्ब रुपियाँ हाराहारी रहेको उद्योग विभागको तथ्याङ्कमा छ । गत वर्षको तुलनामा स्वदेशी र विदेशी लगानीका उद्योग दर्तामा कमी आएको विभागले जनाएको छ ।
विभिन्नखालका प्राकृतिक विपत्ति न्यून गर्ने उद्देश्यले दिइने पूर्वसूचनाको उपयोग हुन नसक्दा जनधनको क्षति बढी हुने गरेको देखिएको छ। नभएको सूचना बढी खोजी गर्ने तर दिइएको सूचना उपयोग र व्यवस्थापनमा ध्यान दिन नसक्दा नेपालमा क्षतिको आँकडा बढ्न थालेको विज्ञहरूले औँल्याउनुभएको छ। अघिल्लो शुक्रबारदेखि सङ्खुवासभा, पाँचथर र ताप्लेजुङ क्षेत्रमा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबारदेखि नै कोशी प्रदेशका विभिन्न ठुला साना नदीमा बहाव बढ्ने सूचना दियो।
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७८ को साबिककै व्यवस्थाअनुसार प्रकाशन गर्ने भएको छ। नतिजा सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा निर्णय नहुँदा सरोकारवाला अन्योलमा परेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ।
परम्परागत कृषि प्रणाली अन्तर्गत असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन छ ।
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका आरोपीमाथि प्रहरीले किर्तेसँगै सङ्गठित अपराध कसुरमा पनि अनुसन्धान अघि बढाएको छ ।
दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिनु भएको छ। बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ३ कांक्रे गाउँमा किसानले धान खेती गरेपछि देखिएको हरियाली खेतको फाँट ।
गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक गर्नुभएको छ।
सूचना प्रविधि र डिजिटल सेवाका क्षेत्रमा काम गरिरहेका गुगल, फेसबुक र माइक्रोसफ्टलगायतका छवटा अन्तर्राष्ट्रिय कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएका छन्।
निरन्तरको वर्षका कारण खोला नालामा बाढी आएपछि मेची राजमार्ग र तमोर कोरिडोरसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधिको अवधि थप गर्ने निर्णय गरेको छ।
पाँचथरको फालेलुङ गाउँपालिका स्थित स्थानीय तह कर्मचारी हक हित मञ्चले मञ्च सम्बद्ध कर्मचारीसँग सहयोगको आह्वान गरेको छ। बाढी पहिरोले स्थानीय विभिन्न ठाउँका मोटरएबल पुल बगाएपछि अवरुद्ध सडक खुलाउनमा सहयोग पुर्याउन मञ्चले अपिल गरेको हो।
नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवं सहकार्य गरी मोर्चा बनाउने भएको छ।