वर्षायाम सुरु भइसकेकोले नेपालगन्जलाई डुबानबाट जोगाउन उपमहानगरपालिकाभित्र रहेका नहर तथा नालाको निकास खोलिएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले आफ्नो सेवा सुविधाको रकम गाउँपालिकावासीको हितमा खर्च गर्नुहुने भएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताउनुभएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहमै पशु जाँच प्रयोगशाला स्थापना गर्ने भएको छ । मन्त्रालयले आगामी आव २०८०/८१ मा बजेट नै छुट्याएर यो कामको सुरुवात गर्न लागेको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।
एशियाली विकास बैंक (एडीबी) को सहयोगमा भैरहवामा सडक निर्माण हुने भएको छ । सिद्धार्थनगर नगरपालिकाले नगरको थप सडक निर्माण र कालोपत्रेका लागि एडीवीलाई भित्र्याएको हो ।
म्याग्दीको मङ्गला गाउँपालिका –३ वरंजामा महिलाले नेतृत्व गरेको सिँचाइ योजना सम्झौता मितिभन्दा अगावै सम्पन्न भएको छ । याप्प्रे खोला तल्लो भेटिने सिँचाइ योजना सम्पन्न गर्न महिलाको नेतृत्वमा गत चैतमा उपभोक्ता समिति गठन गरिएको थियो ।
बाँकेमा हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गरेको छ । नगरपालिकाभित्रका दुग्ध किसानहरूलाई २६ लाख २० हजार ८ सय ३ रुपियाँ अनुदान वितरण गरेको हो ।
झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
हुलाकी सडक अन्तर्गत बाँकेको फत्तेपुरदेखि वैजापुरसम्मको सडक कालोपत्रेको काम अघि बढेपछि राप्ती–सोनारी गाउँपालिकाका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउनजान सहज भएको छ ।
बागमती प्रदेश सरकारले आफ्नो मातहतमा रहेका दुई वटा पर्यटन विकास आयोजनाको म्याद थप गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ ।